Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

पर्सा क्षेत्र नं. ४ : जिराभवानीमा कांग्रेसको पार्टी कार्यालय उद्घाटन

spot_img
spot_img

सेढवा । पर्सा क्षेत्र नं. ४ काे जिराभवानी गाउँपालिका–१ महादेवपट्टीमा नेपाली कांग्रेसको नयाँ पार्टी कार्यालयको उद्घाटन कार्यक्रम बुधबार सम्पन्न भएको छ। पार्टी कार्यालयकाे उद्घाटन मधेश प्रदेशका वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरीले गर्नुभएको थियो।

नेपाली कांग्रेस वडा इकाइ अध्यक्ष शेख आजम गैसुदिनको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिराभवानी गाउँपालिकाकी उपप्रमुख रेखा चौधरी, पूर्व वडा अध्यक्ष शेख नुमान आजम, वडा नं. ५ का वडा अध्यक्ष दारा सिंह, गाउँपालिका कार्यसमितिका कोषाध्यक्ष सोमनाथ सापकोटा, वडा कार्यसमितिका सचिव सत्रुधन ओझैया, पालिका सदस्य ऋषि हजरा लगायतका नेताहरूको उपस्थिती रहेको थियो।

कार्यक्रममा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सो अवसरमा महादेवपट्टीका स्थानीय जङ्गबहादुर महतोले अन्य पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेको जानकारी गराउँदै, कांग्रेस पार्टी आफूलाई आकर्षक लागेर आबद्ध भएको प्रतिक्रिया व्यक्त गर्नुभयो।

उद्घाटन कार्यक्रममा वक्ताहरूले पार्टी संगठन सुदृढीकरण गर्दै जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिएका थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...