Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

यसपालिकाे निर्वाचनमा पर्सामा जसपा कमजोर, क्षेत्र–४ बाहेक प्रतिस्पर्धामा देखिएन

spot_img
spot_img

वीरगंज । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पर्सा जिल्लामा जनता समाजवादी पार्टी (जसपा) नेपाल कमजोर देखिएको छ । २०७४ सालको निर्वाचनमा तीन वटा र २०७९ सालको निर्वाचनमा एउटा क्षेत्रमा मात्र जित हासिल गरेको जसपा यसपटकको निर्वाचनमा अपेक्षित बलियो उपस्थिति देखाउन असफल भएको हो ।

पर्सा सहित मधेश प्रदेशमै प्रभावशाली मानिँदै आएको उपेन्द्र यादव नेतृत्वको जसपा, जेनजी आन्दोलनपछिको राजनीतिक उतारचढाव र महन्त ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग एकता गर्दा पनि संगठनात्मक रूपमा मजबुत देखिन सकेको छैन । यसपटकको निर्वाचनमा जसपाले पर्साका चार वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार खडा गरे पनि क्षेत्र नं. ४ बाहेक अन्य क्षेत्रमा उम्मेदवारहरू प्रतिस्पर्धामै नदेखिएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

जसपाले पर्सा क्षेत्र नं. १ मा जिल्ला अध्यक्ष रामनरेश यादव, क्षेत्र नं. २ मा उद्योगी अशोक टेमानी, क्षेत्र नं. ३ मा नागेन्द्र प्रसाद यादव र क्षेत्र नं. ४ मा डा. कृपासिन्धु प्रसाद चौधरीलाई उम्मेदवार बनाएको छ । तर क्षेत्र नं. ४ बाहेक अन्य क्षेत्रमा जसपाका उम्मेदवार कमजोर देखिएका छन् ।

पर्सा क्षेत्र नं. १ मा जसपा नेपालबाट निर्वाचित पूर्व मन्त्री तथा निवर्तमान सांसद प्रदीप यादव र वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले पार्टी परित्याग गरेपछि जसपा थप कमजोर बनेको छ । निवर्तमान सांसद यादव यसपटक एमालेका उम्मेदवार बनेकाले पनि यस क्षेत्रमा जसपाको संगठन प्रभावित भएको छ ।

यसैगरी क्षेत्र नं. २ मा नयाँ अनुहारलाई उम्मेदवार बनाइएको र उक्त क्षेत्रमा उनको राजनीतिक प्रभाव तथा लगानी कमजोर रहेकाले जसपा कमजोर देखिएको हो ।

क्षेत्र नं. ३ मा योग्य उम्मेदवार नपाएपछि स्थानीय नेतालाई उम्मेदवार बनाउनु परेको जसपाले स्राेतले जनाएकाे छ । साथै यस क्षेत्र अन्तर्गतका कुनै पनि पालिकामा जसपाले चुनाव जित्न नसकेको इतिहासले पनि पार्टीलाई कमजोर बनाएको छ ।

तर क्षेत्र नं. ४ मा भने जसपा अपेक्षाकृत बलियो देखिएको छ । कांग्रेसबाट डा. कृपासिन्धु प्रसाद चौधरीलाई पार्टीमा भित्र्याएर उम्मेदवार बनाएको जसपाले यस क्षेत्र अन्तर्गतका दुई वटा पालिकाे प्रमुख र एउटा प्रदेश सभा सदस्य निर्वाचित जनप्रतिनधि भएका कारण बलियाे देखिएकाे हाे ।

यसका साथै कांग्रेस, एमाले र नेकपाका उम्मेदवारहरू पहिल्यै ‘टेस्टेड’ भइसकेको अवस्थामा डा. चौधरी नयाँ र स्वीकार्य अनुहारका रूपमा देखिएकाले यस क्षेत्रमा जसपाको प्रतिस्पर्धात्मक स्थिति बलियो मानिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...