Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

पर्सा ४ मा कांग्रेस ठाेरीद्वारा विश्वराज घिमिरे उम्मेदवार सिफारिस

spot_img
spot_img

सेढवा । नेपाली काँग्रेस ठोरी गाउँ कार्यसमिति, पर्साले आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि विश्वराज घिमिरे लाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ।

ठोरी गाउँ कार्यसमितिका सभापति सन्तोष श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमार्फत नेपाली काँग्रेसको केन्द्रीय कार्यालय, सानेपा काठमाडौंमा घिमिरेको नाम औपचारिक रूपमा सिफारिस गरिएको हो। पत्रअनुसार घिमिरे ठोरी गाउँपालिका वडा नं. ५ अन्तर्गत सुवर्णपुर निवासी हुन्। उनी नेपाल किसान महासंघका केन्द्रीय सदस्य रहँदै आएका छन् भने पार्टीको १४ औँ जिल्ला अधिवेशनमा सचिव पदका प्रत्याशीसमेत रहेका थिए।

कार्यसमितिले घिमिरेलाई उम्मेदवार बनाउँदा क्षेत्रका लोकप्रिय नेता, जनताको सुख–दुःखमा सधैँ साथ दिँदै आएको व्यक्तित्व भएकाले पार्टी संगठन थप मजबुत र संगठित हुने विश्वास व्यक्त गरेको छ। साथै स्थानीय तहदेखि नै पार्टी संगठन विस्तार, जनसम्पर्क तथा राजनीतिक सक्रियतामा निरन्तर योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै केन्द्रीय नेतृत्वसमक्ष घिमिरेलाई उम्मेदवारका रूपमा अघि सार्न आग्रह गरिएको छ।

ठोरी क्षेत्रको संगठन सुदृढीकरण र आगामी निर्वाचनमा पार्टीको प्रभावकारी उपस्थितिका लागि यो सिफारिस महत्वपूर्ण हुने कार्यसमितिको धारणा रहेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...