Date
आइत, साउन १०, २०८३
Sun, July 26, 2026

पर्सा–१ मा चुनावी माहोल तातिँदै, दलहरूभित्र टिकटको दौड तीव्र

spot_img
spot_img

वीरगंज । प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै जाँदा पर्सामा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनका लागि प्रमुख राजनीतिक दलहरूले उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरिसकेका छन्।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा विभिन्न शीर्ष दलबाट सिफारिस भएका उम्मेदवारहरूबीच कसले टिकट पाउने र कसले चुनाव जित्ने भन्ने विषयमा चर्चा सुरु भएको छ। जेन–जि आन्दोलनको प्रभाव देखिन सक्ने आँकलन भइरहँदा यस क्षेत्रका लागि अधिकांश पुरानै अनुहार देखिए पनि केही नयाँ नामहरू पनि चर्चामा आएका छन्।

जनता समाजवादी पार्टी (जसपा)बाट पूर्व मन्त्री एवं निर्वतमान प्रतिनिधि सभा सदस्य प्रदीप यादवको एकल नाम सिफारिस भएको छ। यद्यपि जसपा नेपालतर्फ पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्दीसहित तीन जनाको नाम पनि सिफारिस गरिएको छ। अशोक राई नेतृत्वको जसपाबाट अलगिएर पुनः उपेन्द्र यादव नेतृत्वको जसपा नेपालसंग एकता गरेका प्रदीप यादवले  कुन दलबाट चुनाव लडने अझै अनिश्चित बनेको छ।

नेपाली कांग्रेसमा पनि गुटगत सिफारिस देखिएको छ । संस्थापन पक्षले अनिल रुंगटाको एकल नाम सिफारिस गरेको छ भने शेखर कोइराला पक्षले अजय द्विवेदीसहित तीन जनाको नाम सिफारिस गरेको छ। अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर जसपा नेपालका प्रदीप यादवसँग पराजित भएका द्विवेदीमाथि लागेको पार्टी कारबाही हालै फिर्ता भएपछि कांग्रेसभित्र टिकटको प्रतिस्पर्धा थप जटिल बनेको छ।

नेकपा एमालेले अरबिन्द सिंहसहित सात जनाको नाम सिफारिस गरेको छ। सूचीमा केन्द्रीय सदस्य प्रभु हजरा, सुन्दर कुर्मी, नवराज शर्मा, बसरुदिन अंसारी तथा महिला उम्मेदवारतर्फ ममता गुप्ता र इन्दु घिमिरेको नाम समेटिएको छ। यसले एमालेभित्र पनि टिकटको टुंगो लाग्न नसकेको संकेत दिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट जिल्ला सभापति हरि पन्त उम्मेदवार हुने चर्चा छ। होटल व्यवसायीसमेत रहेका पन्तले चुनावी तयारी अघि बढाइसकेका छन् । तर रास्वपाबाटै प्रदेश सभा सदस्य रहबर अन्सारीले पनि टिकटकाे लागि पहल गरिरहेको चर्चा छ । हालै नेकपा परित्याग गरेका अन्सारी एमालेबाट पनि टिकटको पैरवीमा रहेको बताइन्छ । उनले प्रदेश सभा सदस्यबाट राजीनामा दिने संकेत दिए पनि कुन दलबाट प्रतिनिधि सभा निर्वाचन लड्ने भन्ने अझै खुल्न सकेको छैन।

नेकपाबाट रामदरस कुशवाहासहित सुरेन्द्र गुप्ता, प्रभु यादव र सब्बा अंसारीको नाम सिफारिस गरिएको छ। प्रचण्ड र माधव नेपाल नेतृत्वको नेकपाभित्र पनि टिकट कसले पाउने भन्ने अन्योल कायमै छ।

जनमत पार्टीबाट जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफको नाम सिफारिस भएको छ । उम्मेदवारकाे औपचारिक घोषणा नभए पनि सर्राफले चुनावी अभियान सुरु गरिसकेका छन् । यस्तै, कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट वीरगंज–२० का वडाध्यक्ष रामकिशोर सिंह (पराग) उम्मेदवारी दिने तयारीमा छन् । उनी जेन–जि आन्दोलनपछि एमाले परित्याग गरेका थिए।

अन्य दल तथा स्वतन्त्र उम्मेदवारसमेत मैदानमा आउन सक्ने भएकाले यसपटक पर्सा–१ मा उम्मेदवारको संख्या बढ्ने सम्भावना देखिएको छ । निर्वाचन तालिकाअनुसार माघ ६ गते मनोनयन दर्ता हुने भए पनि हालसम्म कुनै दलले औपचारिक रूपमा उम्मेदवार घोषणा गरेका छैनन्। तर सबै दल आन्तरिक तयारीमा जुटिरहेका छन्।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको १०औँ पद हस्तान्तरण सम्पन्न, नयाँ नेतृत्वलाई जिम्मेवारी

वीरगञ्ज । रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको रोटरी वर्ष २०२६–२७ का लागि १०औँ पद हस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रम शनिबार वीरगंजमा सम्पन्न भएको छ। क्लबका...

नारायणी अस्पतालमा बिरामी मृत्यु प्रकरण : छानबिन समिति गठन, ७ दिनभित्र प्रतिवेदन आउने

वीरगंज । वीरगंजस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ । वीरगञ्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार...

सरकार बदलियो तर देशको सिच्युएशन बदलिएन : प्रभु साह

वीरगंज । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपा नेतृत्वको सरकारले मुलुकलाई सही तवरले नेतृत्व प्रदान गर्न नसक्दा छोटो समयमा असन्तुष्टि...