Date
बुध, जेष्ठ २७, २०८३
Wed, June 10, 2026

विपन्नका लागि निःशुल्क कानुनी सेवा गर्ने अधिवक्ता साहको संकल्प

spot_img
spot_img

वीरगंज । पर्सा जिल्लाका स्थायी बासिन्दा अनिल कुमार साहले अधिवक्ताको अनुमति पत्र प्राप्त गरेसँगै समाजप्रतिको उत्तरदायित्व बोध गर्दै प्रशंसनीय संकल्प गरेका छन् । उनले आर्थिक रूपमा कमजोर तथा विपन्न नागरिकहरूको मुद्दा अबदेखि निःशुल्क रूपमा हेर्ने घोषणा गरेका हुन् ।

“कानुन सबैका लागि समान हुनुपर्छ र गरिबी न्याय प्राप्तिको बाधक बन्नु हुँदैन,” भन्ने मान्यताका साथ अधिवक्ता साहले आफ्नो पेशागत यात्रामा मानवीय सेवालाई प्राथमिकतामा राख्ने अठोट व्यक्त गरेका छन् । उनकाे यो निस्वार्थ निर्णयले न्यायमा पहुँचबाट वञ्चित वर्गका नागरिकहरूलाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ।

नयाँ पुस्ताका अधिवक्ताबाट आएको यस्तो सकारात्मक पहलले कानुनी क्षेत्रमा सामाजिक उत्तरदायित्व र सेवाभावको सन्देश प्रवाह गरेको छ । अधिवक्ता साहको यो कदमले समाजमा न्यायप्रति विश्वास थप मजबुत बनाउँदै कानुनी क्षेत्रमा नयाँ ऊर्जा भरेको स्थानीय बुद्धिजीवीहरूको धारणा रहेको छ ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सगरमाथा एकेडेमीमा विद्यार्थी नेतृत्व चयनका लागि निर्वाचन

वीरगंज । वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा एकेडेमी बोर्डिङ स्कुलमा विद्यार्थीहरूमा नेतृत्व क्षमता विकास तथा लोकतान्त्रिक संस्कारको प्रवर्द्धन गर्ने उद्देश्यले हेड ब्वाय, हेड गर्ल, हाउस...

जगरनाथपुरकाे मसिहानीमा छठघाटकाे गाउँपालिका अध्यक्ष यादवद्वारा शिलान्यास

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. ५ मसिहानीस्थित छठघाट निर्माण कार्यको मंगलबार गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रममा बोल्दै...

अनलाइनमार्फत यौनजन्य गतिविधि सञ्चालन गर्ने १६ जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत ग्राहक खोजी गरी होटलहरूमा यौनजन्य अनैतिक गतिविधि (इलीगल इस्कर्ट) सञ्चालन गर्ने गिरोहमा संलग्न १६ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ...