Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

विपन्नका लागि निःशुल्क कानुनी सेवा गर्ने अधिवक्ता साहको संकल्प

spot_img
spot_img

वीरगंज । पर्सा जिल्लाका स्थायी बासिन्दा अनिल कुमार साहले अधिवक्ताको अनुमति पत्र प्राप्त गरेसँगै समाजप्रतिको उत्तरदायित्व बोध गर्दै प्रशंसनीय संकल्प गरेका छन् । उनले आर्थिक रूपमा कमजोर तथा विपन्न नागरिकहरूको मुद्दा अबदेखि निःशुल्क रूपमा हेर्ने घोषणा गरेका हुन् ।

“कानुन सबैका लागि समान हुनुपर्छ र गरिबी न्याय प्राप्तिको बाधक बन्नु हुँदैन,” भन्ने मान्यताका साथ अधिवक्ता साहले आफ्नो पेशागत यात्रामा मानवीय सेवालाई प्राथमिकतामा राख्ने अठोट व्यक्त गरेका छन् । उनकाे यो निस्वार्थ निर्णयले न्यायमा पहुँचबाट वञ्चित वर्गका नागरिकहरूलाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ।

नयाँ पुस्ताका अधिवक्ताबाट आएको यस्तो सकारात्मक पहलले कानुनी क्षेत्रमा सामाजिक उत्तरदायित्व र सेवाभावको सन्देश प्रवाह गरेको छ । अधिवक्ता साहको यो कदमले समाजमा न्यायप्रति विश्वास थप मजबुत बनाउँदै कानुनी क्षेत्रमा नयाँ ऊर्जा भरेको स्थानीय बुद्धिजीवीहरूको धारणा रहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जगरनाथपुरको छोट्की पिडारीमा १० लाखको लागतमा छठघाट निर्माण सुरु

वीरगन्ज । पर्साको जगरनाथपुर गाउँपालिका–१, छोट्की पिडारीमा व्यवस्थित छठघाट निर्माण कार्य सुरु गरिएको छ। बुधबार गाउँपालिका अध्यक्ष श्रीकान्तप्रसाद यादवले हिन्दु धार्मिक परम्पराअनुसार पूजापाठ गरी छठघाट...

वीरगञ्ज भन्सारले असोजमा लक्ष्यभन्दा २६ करोड बढी राजस्व उठायो

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले गत असोज महिनामा निर्धारित लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। कार्यालयले असोजमा २६ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ...

अमेरिकाबाट कुरियरमार्फत आएको गाँजासहित दुई भारतीय नागरिक पक्राउ

वीरगञ्ज। अमेरिकाबाट कुरियरमार्फत कागजातको आवरणमा नेपाल भित्र्याइएको एक किलो ३३८ ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले...