Date
शनि, भदौ २०, २०८३
Sat, September 5, 2026

अंग्रेजी नयाँ वर्ष २०२६ मा पर्साका पर्यटकीय स्थलमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो

spot_img
spot_img

सेढवा । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा पर्सा जिल्लाका विभिन्न पर्यटकीय तथा धार्मिक स्थलहरूमा स्वदेशी तथा विदेशी नागरिकको उल्लेख्य भीड देखिएको छ। नयाँ वर्ष मनाउन पर्साको ठोरी गाउँपालिका लगायतका क्षेत्रमा बिहानैदेखि साँझसम्म पर्यटकहरूको चहलपहल अत्यधिक बढेको हो।

ठोरी गाउँपालिकामा पर्ने राई धारा, रानीवन इच्छानगर, चौताराको बुलबुल पार्क, भगवाननगरको जमुनाघारी, गोलेडाडा, सितागुफा, सेतो पहाड, सिनही पर्वतराई, ठुटे खोला, बाघमोर्चा माई मन्दिर परिसर तथा गडुवालाईन क्षेत्रमा नेपाली र भारतीय नागरिकहरूको बाक्लो उपस्थिति देखिएको छ। सरस्वती मध्यवर्ती सामुदायिक वनका सचिव जगेन्द्र पौडेलका अनुसार पछिल्ला दुई सातादेखि ठोरी आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ। उनले जनवरी १ तारिखको दिन मात्रै करिब एक लाखभन्दा बढी पर्यटक नयाँ वर्ष मनाउन ठोरी क्षेत्रमा पुगेको जानकारी दिए।

पौडेलका अनुसार अघिल्ला वर्षको तुलनामा यस पटक ठोरीमै बास बस्ने पर्यटकको संख्या पनि वृद्धि भएको छ। मधेश र बागमती प्रदेशका विभिन्न जिल्लासँगै भारतको बिहार, उत्तर प्रदेश तथा दिल्लीसम्मबाट पर्यटकहरू ठोरीमा नयाँ वर्ष मनाउन आउने गरेका छन्।

त्यसैगरी पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका वनजंगल, सब–डिभिजन वन कार्यालय बसन्तपुर अन्तर्गतका वन क्षेत्र तथा जिराभवानी गाउँपालिका अन्तर्गत सुगीभार मन्दिर परिसरमा पनि नयाँ वर्ष मनाउने र वनभोज खानेको उल्लेख्य भीड लागेको थियो। पटेर्वासुगौलीमा पर्ने गादीमाई मन्दिर, रंगपुरस्थित भुमरी माई पिकनिक स्पट, पर्सागढी नगरपालिकाको कोइलाभार माई मन्दिर र आमोदेवी माई मन्दिर परिसरमा समेत पिकनिक खाने र रमाइलो गर्नेहरूको बाक्लो उपस्थिति देखिएको स्थानीयले बताएका छन्।

पर्यटकहरूले खानपिन, संगीत र डिजे बजाउँदै रमाइलो गर्दा ती क्षेत्रहरूको वातावरण नै उल्लासमय बनेको थियो। फस्ट जनवरी मनाउन हरेक उमेर समूहका मानिसहरू समूह–समूहमा विभाजित भई तय गरिएका स्थानतर्फ बिहानैदेखि निस्किएका थिए। ग्रामीण भेगका हुलाकी सडकमा ट्याक्टर, कार, जीप, मोटरसाइकल तथा साइकलमार्फत आवागमन गर्नेको संख्या निकै बढेको देखिएको छ।

अत्यधिक जाडोका कारण विद्यालयहरूमा विदा रहेकाले विद्यार्थीहरू पनि नयाँ वर्ष मनाउने उद्देश्यले वनभोजमा सहभागी भएका थिए। ६ देखि ११ वर्ष उमेरका बालबालिकाले जंगलसम्म नगएर नजिकका बगैँचा, मन्दिर तथा खेतमा पुगेर ‘भतरिग्ङी’ (वनभोज) खाई नयाँ वर्ष उल्लासका साथ मनाएको स्थानीयले जानकारी दिएका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रसुवा र नुवाकोटमै पुगेर बाढीपीडित परिवारलाई जेनजी पर्साद्वारा राहत वितरण

वीरगंज । जेन जि पर्साको टोलीले रसुवा र नुवाकोटमा बाढीबाट प्रभावित पीडित परिवारसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको अवस्था तथा समस्याबारे जानकारी लिँदै राहत सामग्री...

भारतीय कुखुरा तस्करी रोक्न माग गर्दै रौतहटमा किसानकाे आमरण अनशन

रौतहट । भारतीय कुखुरा तथा चल्लाको अवैध तस्करी रोक्न र स्थानीय बजारमा कुखुराको मासुको मूल्यमा भइरहेको अनियमितता नियन्त्रण गर्न माग गर्दै रौतहटमा एक जना...

भोटेकोशी बाढी : मधेसका १८० जना अझै बेपत्ता, ३८ जना सम्पर्कमा

वीरगन्ज । भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि मधेस प्रदेशका विभिन्न जिल्लाबाट प्रभावित क्षेत्रमा पुगेका २२० जनामध्ये १८० जना अझै...