Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

अंग्रेजी नयाँ वर्ष २०२६ मा पर्साका पर्यटकीय स्थलमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो

spot_img
spot_img

सेढवा । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा पर्सा जिल्लाका विभिन्न पर्यटकीय तथा धार्मिक स्थलहरूमा स्वदेशी तथा विदेशी नागरिकको उल्लेख्य भीड देखिएको छ। नयाँ वर्ष मनाउन पर्साको ठोरी गाउँपालिका लगायतका क्षेत्रमा बिहानैदेखि साँझसम्म पर्यटकहरूको चहलपहल अत्यधिक बढेको हो।

ठोरी गाउँपालिकामा पर्ने राई धारा, रानीवन इच्छानगर, चौताराको बुलबुल पार्क, भगवाननगरको जमुनाघारी, गोलेडाडा, सितागुफा, सेतो पहाड, सिनही पर्वतराई, ठुटे खोला, बाघमोर्चा माई मन्दिर परिसर तथा गडुवालाईन क्षेत्रमा नेपाली र भारतीय नागरिकहरूको बाक्लो उपस्थिति देखिएको छ। सरस्वती मध्यवर्ती सामुदायिक वनका सचिव जगेन्द्र पौडेलका अनुसार पछिल्ला दुई सातादेखि ठोरी आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ। उनले जनवरी १ तारिखको दिन मात्रै करिब एक लाखभन्दा बढी पर्यटक नयाँ वर्ष मनाउन ठोरी क्षेत्रमा पुगेको जानकारी दिए।

पौडेलका अनुसार अघिल्ला वर्षको तुलनामा यस पटक ठोरीमै बास बस्ने पर्यटकको संख्या पनि वृद्धि भएको छ। मधेश र बागमती प्रदेशका विभिन्न जिल्लासँगै भारतको बिहार, उत्तर प्रदेश तथा दिल्लीसम्मबाट पर्यटकहरू ठोरीमा नयाँ वर्ष मनाउन आउने गरेका छन्।

त्यसैगरी पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका वनजंगल, सब–डिभिजन वन कार्यालय बसन्तपुर अन्तर्गतका वन क्षेत्र तथा जिराभवानी गाउँपालिका अन्तर्गत सुगीभार मन्दिर परिसरमा पनि नयाँ वर्ष मनाउने र वनभोज खानेको उल्लेख्य भीड लागेको थियो। पटेर्वासुगौलीमा पर्ने गादीमाई मन्दिर, रंगपुरस्थित भुमरी माई पिकनिक स्पट, पर्सागढी नगरपालिकाको कोइलाभार माई मन्दिर र आमोदेवी माई मन्दिर परिसरमा समेत पिकनिक खाने र रमाइलो गर्नेहरूको बाक्लो उपस्थिति देखिएको स्थानीयले बताएका छन्।

पर्यटकहरूले खानपिन, संगीत र डिजे बजाउँदै रमाइलो गर्दा ती क्षेत्रहरूको वातावरण नै उल्लासमय बनेको थियो। फस्ट जनवरी मनाउन हरेक उमेर समूहका मानिसहरू समूह–समूहमा विभाजित भई तय गरिएका स्थानतर्फ बिहानैदेखि निस्किएका थिए। ग्रामीण भेगका हुलाकी सडकमा ट्याक्टर, कार, जीप, मोटरसाइकल तथा साइकलमार्फत आवागमन गर्नेको संख्या निकै बढेको देखिएको छ।

अत्यधिक जाडोका कारण विद्यालयहरूमा विदा रहेकाले विद्यार्थीहरू पनि नयाँ वर्ष मनाउने उद्देश्यले वनभोजमा सहभागी भएका थिए। ६ देखि ११ वर्ष उमेरका बालबालिकाले जंगलसम्म नगएर नजिकका बगैँचा, मन्दिर तथा खेतमा पुगेर ‘भतरिग्ङी’ (वनभोज) खाई नयाँ वर्ष उल्लासका साथ मनाएको स्थानीयले जानकारी दिएका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...