Date
शनि, भदौ २०, २०८३
Sat, September 5, 2026

ठोरीको ज्ञानवाटिका माविमा ५५ लाखको लागतमा चार कोठे पक्की भवन निर्माण हुँदै

spot_img
spot_img

सेढवा । पर्साको ठोरी गाउँपालिकाको सुवर्णपुरस्थित ज्ञानवाटिका माध्यमिक विद्यालयमा ५५ लाख रुपैयाँको लागतमा थप चार कोठे पक्की भवन निर्माण हुने भएको छ । सो भवनको शिलान्यास शुक्रबार एक कार्यक्रमबीच ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले गर्नुभएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र ठोरी गाउँपालिकाको लागत साझेदारीमा चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको एकमात्र विद्यालय भवन यही वर्ष ज्ञानवाटिका माध्यमिक विद्यालयमा निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । विद्यालयमा अतिरिक्त कक्षाकोठा सञ्चालन गर्नुपर्ने, साथै पुस्तकालय र प्रयोगशालाका लागि कोठाको अभाव देखिएकाले ज्ञानवाटिकालाई भवन निर्माणका लागि छनोट गरिएको उहाँको भनाइ छ ।

कक्षा १२ सम्म पठनपाठन हुँदै आएको उक्त विद्यालयमा भवनको कमीका कारण विभिन्न प्रयोगशाला तथा पुस्तकालय सञ्चालन गर्न नसकिएको विद्यालय प्रशासनले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र नेवारका अनुसार दुई तले भवन निर्माण गरिनेछ, जसमा प्रत्येक तलामा दुई–दुई वटा कक्षाकोठा रहनेछन् । पुसको पहिलो सातादेखि निर्माण कार्य सुरु भइसकेको र आगामी जेठ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो । व्यवस्थापन समितिकै प्रत्यक्ष रेखदेखमा प्राविधिक मापदण्डअनुसार गुणस्तरीय भवन निर्माण गरिने पनि उहाँले स्पष्ट पार्नुभयो ।

शिलान्यास कार्यक्रममा जीराभवानी गाउँपालिका–१ का वडाध्यक्ष रामशरण खवास, ठोरी गाउँपालिकाका कार्यपालिका सदस्य मेघराज सुनुवार, शिक्षा प्रमुख भूपाल जोशी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय अगुवा, अभिभावक तथा शिक्षकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रसुवा र नुवाकोटमै पुगेर बाढीपीडित परिवारलाई जेनजी पर्साद्वारा राहत वितरण

वीरगंज । जेन जि पर्साको टोलीले रसुवा र नुवाकोटमा बाढीबाट प्रभावित पीडित परिवारसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको अवस्था तथा समस्याबारे जानकारी लिँदै राहत सामग्री...

भारतीय कुखुरा तस्करी रोक्न माग गर्दै रौतहटमा किसानकाे आमरण अनशन

रौतहट । भारतीय कुखुरा तथा चल्लाको अवैध तस्करी रोक्न र स्थानीय बजारमा कुखुराको मासुको मूल्यमा भइरहेको अनियमितता नियन्त्रण गर्न माग गर्दै रौतहटमा एक जना...

भोटेकोशी बाढी : मधेसका १८० जना अझै बेपत्ता, ३८ जना सम्पर्कमा

वीरगन्ज । भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि मधेस प्रदेशका विभिन्न जिल्लाबाट प्रभावित क्षेत्रमा पुगेका २२० जनामध्ये १८० जना अझै...