Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

घर–घरमै पुगेर सिरक बनाउँदै चार दाजुभाइको मासिक लाखौँ कमाइ

spot_img
spot_img

वीरगंज । घरघरमै पुगेर सिरक–तोसक बनाइदिने सेवामार्फत बाराका बिश्रामपुर गाउँपालिका–१ घोडासहनका एक परिवारले मासिक लाखौँ आम्दानी गर्दै आएका छन् । हाल वीरगंज–१६ नगवामा बसोबास गर्दै आएका नाजिर हुसेन चार दाजुभाइसँगै यो व्यावसायिक कार्यमा संलग्न छन्।

नाजिर हुसेन, साबिर अली, फैजुलाह मियाँ र मोसाहेब मियाँले ट्याक्टरमा रुई धुन्ने ‘पिन्जा मेसिन’ जडान गरी घर–घरमै पुगेर पुराना कपडालाई रुईमा रूपान्तरण गरी सिरक तथा तकिया तयार गरिदिने सेवा दिइरहेका छन्। यसले स्थानीयलाई घरमै सहज रूपमा नयाँ सिरक–तोसक बनाउने सुविधा प्रदान गरेको उनीहरू बताउँछन्।

सुरुमा एक ट्याक्टरबाट सुरु गरिएको व्यसाय अहिले चारै दाजुभाइका चारवटा ट्याक्टरमा विस्तार भएको छ। उनीहरूले हरेक ट्याक्टरमा एक–एक जना कामदार राखेका छन्। कामदारलाई बस्ने–खाने सुविधा सहित मासिक २५ हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराउन्छन्।

एक कामदारले एउटा ट्याक्टर तथा मेसिनमार्फत दैनिक झण्डै १० वटा सिरक वा तोसक बनाउने गर्छन्, जसबाट दिनकै २० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको नाजिर हुसेनले जानकारी दिए । उनका अनुसार आम्दानीको आधा कपडा, धागो, डिजेल लगायतमा खर्च हुन्छ भने बाँकी रकम पारिश्रमिक तथा बचतमा रहने गरेको छ।

यस हिसाबले एक जनाले मासिक दुई लाखदेखि तीन लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । लगानीका हिसाबले एउटा सेट (पुरानो ट्याक्टर + मेसिन) बनाउन करिब पाँच लाख रुपैयाँ खर्च हुने दाजुभाइहरूले बताए।

चार दाजुभाइले सुरु गरेको यो मोबाइल–सिरक सेवा अहिले वीरगंज र आसपासका बस्तीहरूमा अत्यन्त लोकप्रिय बन्दै गएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...