Date
बिहि, अशोज ८, २०८३
Thu, September 24, 2026

न्यून उपज, लागत बढीका कारण कृषकलाई धान बालीमा घाटा

spot_img
spot_img

वीरगंज । पर्साका कृषकहरू यस वर्ष धान उत्पादनमा ठूलो मारमा परेका छन् । धान भित्र्याउने क्रम चलिरहँदा एक कट्ठामा ६० देखि ८० किलोसम्म धान झर्दा किसानहरू खेती नै नफाइने काम जस्तो महसुस गरिरहेका छन् । रोपाइँ समयमा पानी नपरेपछि निजी बोरिङमार्फत प्रति कट्ठा ४ सय रुपैयाँ तिरेर सिँचाइ गरे पनि मल अभाव, महँंगो कम्लेक्स र युरिया मलले थप समस्या थपेको किसानहरूको आरोप छ ।

धानलाई फलाउने अवधिसम्म ४ पटक पानी हाल्दा उत्पादनभन्दा चौब्बर खर्च भएको किसानहरूले गुनासो गरेका छन् । साथै झारपात हटाउने, औषधि छर्कने, कटानी, दाई तथा दाइँ गर्दा घरमा भएको रकम सकिएर उल्टै ऋणमा धकेलिएको पीडा व्यक्त गरेका छन् ।

उत्पादन लागत अत्यधिक भए पनि बजार मूल्य भने अत्यन्तै न्यून रहेको कृषकहरूको गुनासो छ । नयाँ धान बिक्री गर्दा सुरुवातीमा प्रति क्विन्टल २ हजार ५ सय रुपैयाँ पाइए पनि अहिले प्रतिक्विन्टल ३ हजारमा बिक्री भइरहेकाले गत वर्षको तुलनामा यस वर्ष प्रतिक्विन्टल ४ सय रुपैयाँले भाउ घटेको बताइएको छ ।

नेपाल सरकारले तोकेको मूल्यभन्दा कम मुल्यमा गाउँघरकै व्यापारीलाई धान बेच्न बाध्य हुनु परेको किसानहरूको दाबी छ ।

कालिकामाई गाउँपालिका–२ गदियानीका कृषक मुन्ना गिरीले ३ कट्ठा जमिनबाट जम्मा २ क्विन्टल १० किलो धान उत्पादन भए पनि केवल ६ हजार ३ सय रुपैयाँ मूल्य पाएको बताए । त्यो उत्पादन लागत धानले नबुजाएको र उल्टै ऋण भएको गुनासो उनले सुनाए ।

“धानमा पानी हाल्दा मात्रै ४ हजार ८ सय खर्च भयो, जोताइ, रोपाइँ, झारझार, मल, औषधि, कटानी सबै गरेर लगानी धेरै भयो तर आम्दानी त झन् चौब्बर कम,” गिरीको भनाइ छ ।

नेपाल कृषि प्रधान देश भनिए पनि सिँचाइ, मलखाद, उन्नत बिउबिजन, समयमै कृषि प्राविधिक सेवा नहुँदा किसानहरू कृषि पेशाबाट विमुख भई रोजगारीका खोजीमा शहर वा विदेश धाउनु परेको कृषक अगुवा बताउँछन् ।

स्थानीय तहबाट कृषकलाई सुविधा नपाएको असन्तुष्टि जनाउँदै उनीहरूले कृषक परिचयपत्र वितरण गरी वास्तविक किसानलाई सहुलियत पाउनुपर्ने माग गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
छठु साह
छठु साह
माे न‌‌. ९८५५०३५४५७

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बाराको कलैयामा दुई दिन विद्यालय बन्द

बारा । बाराको कलैया उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाका अनुसार असोज ८ गते बिहीबार र ९...

जिराभवानीमा स्थानीय शिक्षा योजनाको समीक्षा तथा कार्ययोजना निर्माण कार्यशाला

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा स्थानीय शिक्षा योजनाको समीक्षा तथा आगामी कार्ययोजना निर्माणसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । जिराभवानी गाउँपालिकाको आयोजनामा वडा नं. ३ स्थित...

प्राइम कमर्सियल बैंकको वार्षिकोत्सवमा रक्तदान, ७५ जनाले दिए रगत

वीरगंज । प्राइम कमर्सियल बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा बैंकको वीरगञ्ज शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा चार महिलासहित ७५ जनाले रक्तदान गरेका...