Date
सोम, अशोज १९, २०८३
Mon, October 5, 2026

पथलैयामा २१ किलो गाँजासहित दुई किशोर पक्राउ

spot_img
spot_img

कलैया । बारा प्रहरीले पथलैयाबाट ठूलो परिमाणमा गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आइतबार राति करिब ८:२० बजे जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चोकस्थित ट्राफिक अफिस अगाडि चेकिङका क्रममा हेटौँडाबाट पथलैया तर्फ आउँदै गरेको बा.प्र.०३–००३ प ५७६४ नम्बरको स्कुटर रोकी जाँच गर्दा २१ केजी गाँजा बरामद गरिएको हो ।

प्रहरी चौकी पथलैयाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक युवराज दाहालको कमाण्डमा खटिएको टोलीले स्कुटरको अगाडि खुट्टा राख्ने भागमा कालो प्लास्टिकले बेरेर लुकाईछिपाई ल्याइएको अवस्थामा गाँजा फेला पारेको जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा मकवानपुर छतिवन गाउँपालिका–४ का १६ वर्षीय सुरेन्द्र गोले (चालक) र मकवानपुर राक्सिराङ गाउँपालिका–७ का १८ वर्षीय सलमान गुरुङ (पछाडि बस्ने) लाई नियन्त्रणमा लिइएको छ ।

पक्राउ परेका दुवै जनामाथि बारा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सुरेशराज भट्टले जानकारी दिएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मौसम परिवर्तनसँगै पर्साको ग्रामीण भेगमा रुघाखोकी र भाइरल ज्वरोका बिरामी बढे

सेढवा । मौसम परिवर्तनसँगै पर्साको ग्रामीण भेगमा रुघाखोकी, भाइरल ज्वरो तथा टाइफाइडलगायतका रोगका बिरामीको संख्या बढ्न थालेको छ । बिहान–बेलुका चिसो र दिउँसो गर्मी...

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रका मूल्य र मान्यताबाट नडगमगाउने अडान व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना...

विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ एकदिवसीय श्रृङ्खला खेल्ने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बिदाइ गरिएको छ । यहाँ आज आयोजित कार्यक्रममा नेपाल क्रिकेट सङ्घ...