Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

युमरी पुन्ही उत्साहपूर्वक मनाइयो, संस्कृतिका लागि पालिकाको सहयोग

spot_img
spot_img

सेढवा । हरेक समुदायको परम्परा, पहिचान र संस्कृतिको संरक्षण गर्नु सबैको साझा दायित्व रहेको ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताएका छन्।

ठोरी गाउँपालिका–५ मा नेवार समुदायको परम्परागत पर्व नेपाल सम्बत ११४६ युमरी पुन्हीको अवसरमा बुधबार राति आयोजित सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले स्थानीय संस्कार–संस्कृति जोगाउन पालिकाले पूर्ण साथ दिने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, “आगामी वर्षदेखि युमरी पुन्हीलाई तीन दिनसम्म भव्य महोत्सवका रूपमा आयोजना गरिनेछ। पालिकाले यसलाई नियमित रूपमा प्रवर्द्धन गर्छ।”

कार्यक्रम नेवाः देय दबु सुवर्णपुरका सचिव चन्द्र नेवारको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष अष्ठबहादुर लोप्चन, नेपाल शिक्षक महासंघ ठोरीका अध्यक्ष अमृत श्रेष्ठसहितका अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

सांस्कृतिक कार्यक्रममा भारतीय कलाकारहरूको आकर्षक नृत्य प्रस्तुति समेत गरिएको थियो।

नेवारी परम्पराअनुसार मंसिर शुक्ल चतुर्दशीका राति भगवान भिमसेनको विधिपूर्वक पूजा गर्ने र पूर्णिमाको दिन राँगा, बोका, कुखुरा तथा हाँसको बली चढाई सामूहिक भोज आयोजना गर्ने चलन रहेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...