Date
शनि, भदौ २०, २०८३
Sat, September 5, 2026

युमरी पुन्ही उत्साहपूर्वक मनाइयो, संस्कृतिका लागि पालिकाको सहयोग

spot_img
spot_img

सेढवा । हरेक समुदायको परम्परा, पहिचान र संस्कृतिको संरक्षण गर्नु सबैको साझा दायित्व रहेको ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताएका छन्।

ठोरी गाउँपालिका–५ मा नेवार समुदायको परम्परागत पर्व नेपाल सम्बत ११४६ युमरी पुन्हीको अवसरमा बुधबार राति आयोजित सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले स्थानीय संस्कार–संस्कृति जोगाउन पालिकाले पूर्ण साथ दिने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, “आगामी वर्षदेखि युमरी पुन्हीलाई तीन दिनसम्म भव्य महोत्सवका रूपमा आयोजना गरिनेछ। पालिकाले यसलाई नियमित रूपमा प्रवर्द्धन गर्छ।”

कार्यक्रम नेवाः देय दबु सुवर्णपुरका सचिव चन्द्र नेवारको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष अष्ठबहादुर लोप्चन, नेपाल शिक्षक महासंघ ठोरीका अध्यक्ष अमृत श्रेष्ठसहितका अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

सांस्कृतिक कार्यक्रममा भारतीय कलाकारहरूको आकर्षक नृत्य प्रस्तुति समेत गरिएको थियो।

नेवारी परम्पराअनुसार मंसिर शुक्ल चतुर्दशीका राति भगवान भिमसेनको विधिपूर्वक पूजा गर्ने र पूर्णिमाको दिन राँगा, बोका, कुखुरा तथा हाँसको बली चढाई सामूहिक भोज आयोजना गर्ने चलन रहेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रसुवा र नुवाकोटमै पुगेर बाढीपीडित परिवारलाई जेनजी पर्साद्वारा राहत वितरण

वीरगंज । जेन जि पर्साको टोलीले रसुवा र नुवाकोटमा बाढीबाट प्रभावित पीडित परिवारसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको अवस्था तथा समस्याबारे जानकारी लिँदै राहत सामग्री...

भारतीय कुखुरा तस्करी रोक्न माग गर्दै रौतहटमा किसानकाे आमरण अनशन

रौतहट । भारतीय कुखुरा तथा चल्लाको अवैध तस्करी रोक्न र स्थानीय बजारमा कुखुराको मासुको मूल्यमा भइरहेको अनियमितता नियन्त्रण गर्न माग गर्दै रौतहटमा एक जना...

भोटेकोशी बाढी : मधेसका १८० जना अझै बेपत्ता, ३८ जना सम्पर्कमा

वीरगन्ज । भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि मधेस प्रदेशका विभिन्न जिल्लाबाट प्रभावित क्षेत्रमा पुगेका २२० जनामध्ये १८० जना अझै...