Date
शनि, भदौ २०, २०८३
Sat, September 5, 2026

ठाेरीमा शिकारीबास प्राथमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन

spot_img
spot_img

सेढवा । ठोरी गाउँपालिका–३ स्थित शिकारीबास प्राथमिक विद्यालयको नवनिर्मित भवन आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ। भवनको उद्घाटन गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले गर्नुभएको हो।

पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ऐतिहासिक रूपमा बसोबास गर्दै आएका स्थानीयवासीले आफ्नै विद्यालयमा सुविधा सम्पन्न भवन निर्माण भएपछि खुशी व्यक्त गरेका छन्। यसअघि भवन अभावका कारण विद्यालयले जम्मा दुई कोठामै पाँच कक्षा सञ्चालन गर्दै आएको थियो। हिउँदमा चौरमै पढाउनुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक नारायण श्रेष्ठले बताए। उनका अनुसार पहिलेका दुई कक्षा कोठा हात्तीको आक्रमणबाट भत्किएका थिए।

नवनिर्मित भवनका कारण अब विद्यार्थीलाई सहज र व्यवस्थित शैक्षिक वातावरण उपलब्ध गराउन सकिने विद्यालयले जनाएको छ।

२०७९ मा निर्वाचित स्थानीय सरकारले शिकारीबासलाई विशेष प्राथमिकता दिँदै शुद्ध खानेपानी, उप–स्वास्थ्य चौकीमार्फत स्वास्थ्य सेवा, मोबाइल नेटवर्क नआएकाले निशुल्क वाइफाइ सेवा तथा वैकल्पिक ऊर्जाका रूपमा सोलार बत्ती जडानजस्ता काम सम्पन्न गरिरहेको छ। यिनै पहलले शिकारीबास पहिलेको तुलनामा धेरै परिवर्तन भएको स्थानीयवासीले बताएका छन्।

गाउँपालिकाको विशेष पहलमा सञ्चालन भइरहेको ‘जनता आवास कार्यक्रम’ अन्तर्गत पाँच परिवारका लागि घर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। गाउँपालिका अध्यक्ष श्रेष्ठसहितको टोलीले आज विद्यालय भवन तथा आवास निर्माण स्थलको अनुगमनसमेत गरेको छ। पहिलो चरणमा पाँच परिवारलाई आवास उपलब्ध गराई क्रमिक रूपमा बाँकी परिवारलाई पनि सुविधा प्रदान गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रसुवा र नुवाकोटमै पुगेर बाढीपीडित परिवारलाई जेनजी पर्साद्वारा राहत वितरण

वीरगंज । जेन जि पर्साको टोलीले रसुवा र नुवाकोटमा बाढीबाट प्रभावित पीडित परिवारसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको अवस्था तथा समस्याबारे जानकारी लिँदै राहत सामग्री...

भारतीय कुखुरा तस्करी रोक्न माग गर्दै रौतहटमा किसानकाे आमरण अनशन

रौतहट । भारतीय कुखुरा तथा चल्लाको अवैध तस्करी रोक्न र स्थानीय बजारमा कुखुराको मासुको मूल्यमा भइरहेको अनियमितता नियन्त्रण गर्न माग गर्दै रौतहटमा एक जना...

भोटेकोशी बाढी : मधेसका १८० जना अझै बेपत्ता, ३८ जना सम्पर्कमा

वीरगन्ज । भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि मधेस प्रदेशका विभिन्न जिल्लाबाट प्रभावित क्षेत्रमा पुगेका २२० जनामध्ये १८० जना अझै...