Date
शनि, भदौ २०, २०८३
Sat, September 5, 2026

ठोरी गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न, सेवा प्रवाह सम्बन्धी गुनासोमा चर्को बहस

spot_img
spot_img

सेढवा । पर्साको ठोरी गाउँपालिकामा आज सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। ठोरी गाउँपालिका र जिल्ला प्रशासन कार्यालय पर्साको संयुक्त आयोजनामा वडा नं. ४ घ्याङ्गडाडाको खेलमैदानमा सम्पन्न कार्यक्रममा स्थानीय सेवा प्रवाहका बिषयमा नागरिकहरूले खुला रूपमा गुनासो र सुझाव राखेका छन्।

वडा नं. ४ का वडाध्यक्ष मानबहादुर थिङ्गको सभापतित्व तथा गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सहभागी नागरिकहरूले इलाका प्रशासन कार्यालय सुपौलीबाट प्रदान गरिने सेवामा देखिएका कठिनाइबारे तीखा प्रश्न उठाए।
नागरिकता प्रमाणपत्र, प्रतिलिपि, राष्ट्रिय परिचयपत्र लगायतका सेवा लिन जाँदा कर्मचारी तथा दलालले हजारौं रुपैयाँ असुल्ने गरेको, घुस नदिए महिनौँसम्म काम नहुने अवस्थाले सर्वसाधारण पीडित भएको गुनासो राखिएको थियो।

सवालको जवाफ दिने क्रममा जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी तथा इलाका प्रशासन कार्यालय सुपौलीका शाखा अधिकृत विनय कुमार गुप्ताले कार्यालयमा घुस–घुसियाकै गतिविधि नरहेको दाबी गरे। आफूलाई कुनै आधिकारिक गुनासो नआएको उल्लेख गर्दै, यस्तो कार्य भएको प्रमाण भेटिए कडा कारबाही हुने चेतावनी पनि दिए।

कार्यक्रममा उपाध्यक्ष गोकुली कुमारी रेग्मी, प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार चौधरी, जनप्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीयवासीको सक्रिय सहभागिता रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रसुवा र नुवाकोटमै पुगेर बाढीपीडित परिवारलाई जेनजी पर्साद्वारा राहत वितरण

वीरगंज । जेन जि पर्साको टोलीले रसुवा र नुवाकोटमा बाढीबाट प्रभावित पीडित परिवारसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको अवस्था तथा समस्याबारे जानकारी लिँदै राहत सामग्री...

भारतीय कुखुरा तस्करी रोक्न माग गर्दै रौतहटमा किसानकाे आमरण अनशन

रौतहट । भारतीय कुखुरा तथा चल्लाको अवैध तस्करी रोक्न र स्थानीय बजारमा कुखुराको मासुको मूल्यमा भइरहेको अनियमितता नियन्त्रण गर्न माग गर्दै रौतहटमा एक जना...

भोटेकोशी बाढी : मधेसका १८० जना अझै बेपत्ता, ३८ जना सम्पर्कमा

वीरगन्ज । भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि मधेस प्रदेशका विभिन्न जिल्लाबाट प्रभावित क्षेत्रमा पुगेका २२० जनामध्ये १८० जना अझै...