Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

ठोरी गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न, सेवा प्रवाह सम्बन्धी गुनासोमा चर्को बहस

spot_img
spot_img

सेढवा । पर्साको ठोरी गाउँपालिकामा आज सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। ठोरी गाउँपालिका र जिल्ला प्रशासन कार्यालय पर्साको संयुक्त आयोजनामा वडा नं. ४ घ्याङ्गडाडाको खेलमैदानमा सम्पन्न कार्यक्रममा स्थानीय सेवा प्रवाहका बिषयमा नागरिकहरूले खुला रूपमा गुनासो र सुझाव राखेका छन्।

वडा नं. ४ का वडाध्यक्ष मानबहादुर थिङ्गको सभापतित्व तथा गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सहभागी नागरिकहरूले इलाका प्रशासन कार्यालय सुपौलीबाट प्रदान गरिने सेवामा देखिएका कठिनाइबारे तीखा प्रश्न उठाए।
नागरिकता प्रमाणपत्र, प्रतिलिपि, राष्ट्रिय परिचयपत्र लगायतका सेवा लिन जाँदा कर्मचारी तथा दलालले हजारौं रुपैयाँ असुल्ने गरेको, घुस नदिए महिनौँसम्म काम नहुने अवस्थाले सर्वसाधारण पीडित भएको गुनासो राखिएको थियो।

सवालको जवाफ दिने क्रममा जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी तथा इलाका प्रशासन कार्यालय सुपौलीका शाखा अधिकृत विनय कुमार गुप्ताले कार्यालयमा घुस–घुसियाकै गतिविधि नरहेको दाबी गरे। आफूलाई कुनै आधिकारिक गुनासो नआएको उल्लेख गर्दै, यस्तो कार्य भएको प्रमाण भेटिए कडा कारबाही हुने चेतावनी पनि दिए।

कार्यक्रममा उपाध्यक्ष गोकुली कुमारी रेग्मी, प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार चौधरी, जनप्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीयवासीको सक्रिय सहभागिता रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...