Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026

पर्सामा शितलहरको जोखिम न्यूनीकरणका लागि जिल्ला विपद् व्यवस्थापन समितिबाट १४ निर्णय

spot_img
spot_img

वीरगंज । आगामी पुस र माघ महिनामा उत्पन्न हुन सक्ने शितलहरजन्य विपतको प्रभावलाई कम गर्न पर्सा जिल्ला स्तरिय विपद् व्यवस्थापन समितिले १४ वटा महत्वपूर्ण निर्णय गर्दै अग्रिम तयारीलाई तीव्र बनाएको छ। जिल्ला प्रशासन कार्यालय पर्साको आयोजनामा प्रमुख जिल्ला अधिकारी तथा समितिका संयोजक भोला दाहालको अध्यक्षतामा बसेको बैठकले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२/८३ लाई अनुमोदन गरेको छ।

बैठकले शितलहर प्रभावित क्षेत्र तथा गाउँ–टोलका गरिब तथा विपन्न परिवारको पहिचान गरी आवश्यक दाउरा, इन्धन, न्यानो कपडा, कम्बललगायत सामग्रीको भण्डारण गर्न सबै स्थानीय तह, सुरक्षा निकाय, रेडक्रस, उद्योग वाणिज्य संघ तथा सरकारी–गैरसरकारी संस्थालाई जिम्मेवारीपूर्वक तत्पर रहने आग्रह गरेको छ। विपद् अवस्थामाअनुसार तुरुन्तै प्रयोगयोग्य बनाइने गरी सामग्रीको व्यवस्थापन गर्ने निर्णय पनि बैठकले गरेको छ।

त्यस्तै, खोज तथा उद्धारका लागि आवश्यक जनशक्ति तथा सामग्री तयारी, सामुदायिक प्रहरी साझेदारी कार्यक्रममार्फत सचेतनामूलक क्रियाकलाप सञ्चालन, प्रभावित क्षेत्रमा दाउराको उपलब्धता सुनिश्चित गर्न प्रत्येक स्थानीय तहलाई माग पेश गर्न निर्देशन दिइएको छ। दाउरा वितरण सहज बनाउन जिल्ला वन कार्यालयले पालिकाहरूसँग आवश्यक परिमाणको दाउरा माग गर्न अपिल गरेको छ।

बैठकले शसस्त्र प्रहरी बल सिमा सुरक्षा गुल्म भिखमपुरका लागि जगरनाथपुर गाउँपालिका–२ (साविक जानकीटोल-९) मा रहेको कित्ता नम्बर १५८ को १४ बिघा ११ कठ्ठा एैलानी जग्गामध्ये १ बिघा १० कठ्ठा जमीन प्रस्तावित गुल्मलाई उपलब्ध गराउँदा भावी विपद् व्यवस्थापनमा कुनै असर नपर्ने निष्कर्ष निकाल्दै सिफारिस गर्ने निर्णय गरेको छ। त्यसैगरी बाढीबाट क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि प्राप्त सिफारिसलाई स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ।

बैठकमा पोखरिया नगरपालिकाका प्रमुख प्रदुमन चौहान, धोबिनी गाउँपालिकाका अध्यक्ष मदन चौहान, सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादव, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, सहायक प्रमुख जिल्ला अधिकारी सुमन कार्की, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सुदीपराज पाठक, शसस्त्र प्रहरीका एसपी पुरनचन्द्र भट्ट, पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, गैरसरकारी संस्था महासंघ पर्साका अध्यक्ष छठु साह, विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृत, उद्योग वाणिज्य संघका प्रतिनिधि तथा पत्रकारहरू सहभागी थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
छठु साह
छठु साह
माे न‌‌. ९८५५०३५४५७

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...