Date
शनि, भदौ ६, २०८३
Sat, August 22, 2026

पर्सामा १५ लाख हुण्डीको रकम सहित एक जना पक्राउ

spot_img
spot_img

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले श्रोत नखुलेको १५ लाख रुपैयाँ बराबरको हुण्डी रकमसहित एक जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी चौकी धोरे र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले पकाहाँ मैनपुर गाउँपालिका–१ धोरे चेकपोस्ट नजिकबाट उक्त रकम बरामद गरिएको जनाएको छ।

आइतबार दिउँसो करिब २:३० बजे चेकजाँचका क्रममा बिआर२२एएफ४१२६ नम्बरको मोटरसाइकलमा सवार पकाहाँ मैनपुर–१ का ३४ वर्षीय अवधेश पटेललाई रोकेर चेक गर्दा मोटरसाइकलको लेगगार्डमा राखिएको ‘पंकज मसाला’ लेखिएको झोलाभित्र कालो प्लास्टिकमा बेरिएको अवस्थामा नगद फेला परेको प्रहरीले जनाएको छ।

बरामद भएको नगदमा १ हजार दरका ७९० थान, ५०० दरका १,३२१ थान, १०० दरका ५६९ थान, ५० दरका ५० थान र २० दरका ५ थान गरी जम्मा १५ लाख रुपैयाँ रहेको छ। साथै प्रयोग भएको मोटरसाइकल समेत बरामद गरिएको प्रहरीको भनाइ छ।

मुलुकी अपराध संहिता, २०७४ को दफा १२५(क) बमोजिम हुण्डी कारोबारसम्बन्धी कसूरमा अवधेश पटेललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

गरिमा हत्या प्रकरणमा दोषीलाई हदैसम्मको कारबाही गर्न नेकपा पर्साको माग

वीरगंज । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरकी बालिका गरिमा कुमारी चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति नेपाली कम्युनिष्ट पार्टी, (नेकपा) पर्सा जिल्ला समितिले गम्भीर आपत्ति जनाउँदै दोषीलाई...

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालन

बारा । सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालनमा आएको छ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजकाे सहयोगमा स्थापना गरिएको स्वास्थ्य...

चकलेट दिएर फकाई ३ वर्षीया बालिकामाथि जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ

बारा । जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार...