Date
बिहि, भदौ ४, २०८३
Thu, August 20, 2026

लिटल बड्डी प्रि–स्कूलद्वारा दीर्घकालीन सेवकर्मी सम्मानित

spot_img
spot_img

वीरगंज । लिटल बड्डी प्रि–स्कूलले एक वर्ष र सोभन्दा बढी अवधि विद्यालयमा योगदान पुर्‍याउँदै आएका शिक्षिका तथा कर्मचारीहरूलाई विशेष सम्मान गरेको छ ।

विद्यालयका प्रिन्सिपल विजय कुमार बलकाे अध्यक्षता र प्याब्सन वीरगंज महानगरका अध्यक्ष राहुल श्रीवास्तवकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा सनराइज इंग्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक राजेन्द्र कुर्मी लगायतकाे उपस्थिती रहेका थियाे ।

समारोहमा शिक्षिका खुसी श्रेष्ठ, सुप्रिया पौडेल, अस्मिता थापा, लक्ष्मी सरार्फ, रिया रौनियार, लेखापाल दिपु बर्णवाल तथा कर्मचारी शोभा के.सी., रतन राउत कुर्मी र पनालाल कुर्मीलाई सम्मान प्रदान गरिएको थियो।

विद्यालय परिवारका तर्फबाट सबै सम्मानित कर्मचारीलाई ‘कदर पत्र’ तथा मासिक तलबको २५ प्रतिशत बराबरको धनराशी प्रदान गरिएको विद्यालयले जानकारी दिएको छ।

विद्यालयका अनुसार यो कार्यक्रमले विद्यालय समुदायमा कर्मचारीको मेहनत, निष्ठा र प्रतिबद्धतालाई सम्मानित गर्दै निरन्तर प्रेरणा दिने उद्देश्य बोकेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालन

बारा । सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालनमा आएको छ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजकाे सहयोगमा स्थापना गरिएको स्वास्थ्य...

चकलेट दिएर फकाई ३ वर्षीया बालिकामाथि जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ

बारा । जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार...

उच्च अदालत वीरगंजका मुख्य न्यायाधीश डाँगी सवार स्कारपियो दुर्घटना, हेलिकप्टरबाट काठमाडौं लगियो

वीरगंज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार स्कारपियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना हुँदा ६ जना घाइते भएका...