Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

पर्सागढीबाट गाँजासहित ३ भारतीय नागरिक पक्राउ

spot_img
spot_img

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले ९ केजी ३८० ग्राम लागुऔषध (गाँजा) सहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी मनवाबाट खटिएको टोलीले कार्तिक २६ गते दिउँसो करिब १२:०० बजेतिर पर्सागढी नगरपालिका–९ बडेर्वा पेट्रोलपम्प नजिक सडकखण्डमा नेपालबाट भारततर्फ संकास्पद रूपमा हिँडिरहेका तीन जनालाई रोकी खानतलासी गर्दा गाँजा जस्तो देखिने पदार्थ फेला परेको हो।

पक्राउ परेकामध्ये भारत विहारको बैशाली जिल्ला, विदुपुर ग्राम बस्ने २३ वर्षका राजा कुमारको साथबाट प्लास्टिकसहित ३ केजी १९० ग्राम गाँजा, राजामाइकल पञ्चायत बस्ने २३ वर्षका बिशाल कुमारको साथबाट ३ केजी २५० ग्राम गाँजा, र छपरा जिल्ला सोनपुर ग्राम–३ बस्ने २४ वर्षका पिन्टु कुमारको साथबाट ३ केजी ३०० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ। यसरी जम्मा प्लास्टिक बाहेक ९ केजी ३८० ग्राम गाँजा बरामद गरिएको हो।

पक्राउ परेका तिनै जनालाई लागुऔषधसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, पर्सामा ल्याइएको छ । उनीहरूविरुद्ध लागुऔषध सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट ८ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेकोजिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जिराभवानीका तीन विद्यालयले समावेशी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

पर्सा आउँदै एमाले महासचिव पोखरेल, क्षेत्र नं. ३ को शुभकामना कार्यक्रममा सम्बोधन गर्ने

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा...

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...