Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026

जेन–जि आन्दोलनपछि पर्साका दुई कार्यालयको ८० प्रतिशत बजेट कटौती, विकास योजना ठप्प

spot_img
spot_img

वीरगंज । जेन–जि आन्दोलनपछि पर्साका दुई ठूला सरकारी निकाय — शहरी विकास तथा भवन कार्यालय र खानेपानी तथा ढल व्यवस्थापन कार्यालय — का करिब ८० प्रतिशत बजेट कटौती गरिएको छ।

कोष तथा लेखा नियन्त्रक कार्यालय, पर्साका अनुसार संघीय सरकारले यी दुई कार्यालयका लागि विनियोजित रकम हालका लागि रोक्का (freeze) राख्ने निर्णय गरेको हो। यस निर्णयपछि ती कार्यालयहरूले गराएका कामहरूको भुक्तानी रोकिएको र अधिकांश विकास योजना ठप्प भएका छन्।

कोष तथा लेखा नियन्त्रक मनोजप्रसाद जोशीका अनुसार, “दुवै कार्यालयका लागि विनियोजित रकम तत्काल रोक्का राख्न सरकारी आदेश आएको छ। यी कार्यालयमार्फत भएका कामहरूको भुक्तानी हाल गर्न पाइने छैन,” उनले बताए।

स्रोतका अनुसार, अघिल्ला सरकारले सञ्चालन गरेका योजनामा अनियमितता र चलखेलको आशंका भएकै कारण सरकारले बजेट कटौती गरेको हो।

खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, पर्साका अनुसार यो आर्थिक वर्षका लागि रु ८६ करोड ५० लाख बजेट विनियोजन गरिएको थियो। तर हाल सो रकमको ८० प्रतिशत भाग रोक्का भएको छ। यस कार्यालयले साउनदेखि भदौ २२ गतेसम्म झन्डै १५ करोड रुपैयाँ बराबरका काम गराएकोमा ती सबैको भुक्तानी रोकिएको छ।

कार्यालयले गत वैशाखदेखि वीरगंजलगायत पर्साका विभिन्न पालिकामा डीप बोरिङमार्फत खानेपानी जडान गर्ने काम अघि बढाएको थियो। ती योजनामध्ये करिब छ करोड रुपैयाँको बोरिङ कार्य सम्पन्न भई भुक्तानीका लागि पेश भए पनि हाल सबै रोकिएका छन्।

खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, वीरगंजले पर्सा, बारा, रौतहट र सर्लाही गरी चार जिल्लाको काम सम्हाल्दै आएको छ। चालू आर्थिक वर्षमा यस कार्यालयले कलैया, कोल्हवी, गौर, चन्द्रपुर, ठोरी, निर्मलबस्ती, नोकेल्वा, परोहा, फूलबारी, महेशपुर, माधवनारायण, सुन्दरदेवी, ईश्वरपुर, गरुडा, मौलापुर, रानीगंज, हरिपुर, निजगढ, खेसरिया, विन्ध्यवासिनी, महागढीमाई र वीरगञ्ज महानगरका विभिन्न वडाहरूमा दर्जनौं खानेपानी तथा ढल आयोजनाहरू सञ्चालनमा ल्याएको थियो।

तर बजेट रोक्का भएपछि ती सबै योजना पूर्ण रूपमा रोकिएका छन्। सरकारले जेन–जि आन्दोलनपछिको संवेदनशील राजनीतिक अवस्थालाई ध्यानमा राख्दै बजेटको पुनरावलोकन गरेको बताइए पनि, स्थानीय तहमा यसले विकासका कामहरू ठप्प पार्ने जोखिम बढाएको छ।

पर्सा, बारा, रौतहट र सर्लाहीका बासिन्दाहरूले यस निर्णयले खानेपानी र ढल व्यवस्थापनजस्ता आधारभूत सेवामा प्रत्यक्ष असर पर्ने चिन्ता व्यक्त गरेका छन्। स्थानीयका अनुसार, “खानेपानीका लागि जडान गरिएका बोरिङबाट पनि सेवा सुरु हुन सकेको छैन। भुक्तानी रोकिनुले ठेकेदारले काम रोकिरहेका छन्।”

यसबीच, कोष तथा लेखा नियन्त्रक कार्यालयले भने सरकारले निर्णय फिर्ता लिएपछि मात्र भुक्तानी प्रक्रिया सुरु हुने जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...