Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

श्री राम चरित्र भगत मा.वि.मा शिक्षा प्रमुखको छड्के अनुगमन, विद्यार्थीको मोबाइल जफत गर्न निर्देशन

spot_img
spot_img

वीरगंज । पर्साको पकहा मैनपुर गाउँपालिका–३ स्थित श्री राम चरित्र भगत माध्यमिक विद्यालयमा गाउँपालिकाका शिक्षा शाखा प्रमुख सञ्जय प्रसाद चौहानले बिहिवार आकस्मिक (छड्के) अनुगमन गर्नुभएको छ।

अनुगमनका क्रममा उहाँले विद्यालयको पठन–पाठन, विद्यार्थीको उपस्थिती र शिक्षकको अनुशासन सम्बन्धी विवरण बुझ्दै विद्यालय सुधारका लागि ठोस कदम चालिने बताउनुभयो। उहाँले शिक्षक र विद्यार्थी दुवैले विद्यालयको अनुशासनको पूर्ण पालना गर्नुपर्नेमा जोड दिनुभयो।

विद्यालयमा विद्यार्थीहरूले मोबाइल फोन ल्याउने र त्यसको दुरुपयोग गर्ने गुनासो प्राप्त भएपछि शिक्षा शाखा प्रमुख चौहानले विद्यालयका प्रधानाध्यापक मनोज यादवलाई मोबाइल प्रयोगमा नियन्त्रण गर्न निर्देशन दिनुभयो। त्यसअनुसार प्रधानाध्यापक यादवले विद्यालय परिसरमा विद्यार्थीको मोबाइल फेला परे जफत गरिने चेतावनी दिएका छन्।

शिक्षा शाखा प्रमुख चौहानले विद्यालयको शिक्षण गुणस्तर सुधार, उपस्थितिमा कडाइ र सिकाइ परिणाम उन्नयनका लागि निरन्तर अनुगमन जारी रहने जानकारी दिनुभयो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सा ३ मा शंकर पोखरेलको प्रमुख आतिथ्यतामा हुने एमालेको शुभकामना कार्यक्रम स्थगित

वीरगंज । नेकपा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३, पर्साले विजया दशमीको अवसरमा आयोजना गर्न लागेको शुभकामना आदान–प्रदान कार्यक्रम स्थगित गरेको छ । एमाले...

‘संविधान संशोधन होइन, खारेज नै गर्नुपर्छ’ : कमन जेनजी नेपाल

काठमाडौं । कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले प्रतिनिधिसभामा मधेशी दलितको सहभागिता किन शून्य छ ? भन्ने प्रश्न रास्वपा नेताहरुसंग गरेका छन । काठमाडौंको धुम्बाराहीमा...

नवरात्रको तेस्रो दिन गहवामाई मन्दिरमा भक्तजनको घुइँचो

बीरगंज । नवरात्रको तेस्रो दिन आज बीरगंजस्थित प्रसिद्ध धार्मिकस्थल गहवामाई मन्दिरमा दर्शन तथा पूजाआराधना गर्न आउने भक्तजनको घुइँचो लागेको छ। बिहानैदेखि मन्दिरमा श्रद्धालुहरूको उल्लेख्य...