Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026

मधेस प्रदेशमा गैरसंवैधानिक मुख्यमन्त्री नियुक्तिविरुद्ध पाँच दलको संयुक्त प्रेस विज्ञप्ति

spot_img
spot_img

वीरगंज । मधेस प्रदेशमा गरिएको नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रियाप्रति पाँच राजनीतिक दलका जिल्ला नेताहरूले संयुक्त रूपमा गम्भीर आपत्ति जनाएका छन्।

जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा एकीकृत समाजवादी र राष्ट्रिय मुक्ति पार्टी नेपाल पर्साका नेताहरूले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुखको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको भन्दै घोर भत्सर्ना गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, “प्रदेश प्रमुखले संविधान विपरीत झुठ, फरेब र धोकाधडीको सहारा लिई मुख्यमन्त्री नियुक्ति गरेको कार्य सभ्य समाजका लागि लज्जाको विषय हो। संविधानको धारा १६८(२) बमोजिम सरकार बनाउने स्पष्ट आधार हुँदाहुँदै बदनियतपूर्ण रूपमा गरिएको यो निर्णय पूर्ण रूपमा असंवैधानिक र अलोकतान्त्रिक छ।”

संयुक्त विज्ञप्तिमा थप भनिएको छ, “उपचार गराउने नाममा भाग्नु र कटेजमा सपथ खुवाउने कार्यले संघीयता, लोकतन्त्र र संविधानको घोर अपमान गरेको छ। यसर्थ सबै समस्याको समाधान संवैधानिक र लोकतान्त्रिक प्रक्रियाबाटै खोजिनुपर्छ।”

दलहरूले संविधान, लोकतन्त्र र संघीयतामाथि प्रहार गर्ने शक्ति विरुद्ध न्यायप्रेमी जनतालाई एकजुट हुन पनि आह्वान गरेका छन्।

संयुक्त विज्ञप्तिमा जसपा पर्साका अध्यक्ष रामनरेश यादव, जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ, लोसपा नेपाल पर्साका अध्यक्ष रामचन्द्र पण्डित, नेकपा (एकीकृत समाजवादी) पर्साका जिल्ला इन्चार्ज मनोज चौधरी र राष्ट्रिय मुक्ति पार्टी नेपाल पर्साका अध्यक्ष राजेश कुमार साहका हस्ताक्षर रहेका छन्।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट...

जिराभवानीमा चोरीका घटना बढ्दै, मोटरसाइकलदेखि कृषि मिटरसम्म चोरी हुँदा स्थानीय त्रसित

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३, जितपुर गाउँमा पछिल्ला दिनहरूमा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । मोटरसाइकल, कृषि विद्युतीय मिटर र...

श्रेणीविहीन कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आजपाको माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयको कडा विरोध गर्दै उक्त निर्णय...