Date
आइत, साउन १०, २०८३
Sun, July 26, 2026

मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट

spot_img
spot_img

काठमाडौं । मधेश प्रदेशमा नेकपा (एमाले)का संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको विषयमा सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।

प्रदेश प्रमुख सुमित्रा सुवेदीले संविधानको धारा १६८ को उपधारा (२) को प्रक्रिया नअपनाई उपधारा (३) अन्तर्गत असंवैधानिक रूपमा मुख्यमन्त्री नियुक्त गरेको भन्दै अर्जुन शाह र रक्कीप्रसाद साहले छुट्टाछुट्टै रिट दायर गरेका हुन् ।

रिट निवेदनमा प्रदेश प्रमुखको निर्णय बदर गरी संविधानको मर्मअनुसार पुनः सरकार गठनको प्रक्रिया अघि बढाउन माग गरिएको छ । सर्वोच्च अदालतले उक्त रिटमाथि छलफलका लागि मंगलबार बिहान १० बजेका लागि पेशी तोकेको छ ।

रिट निवेदन अनुसार, तत्कालीन मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनल (सोनार)ले विश्वासको मत लिनुअघि राजीनामा दिएपछि संवैधानिक रूपमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनुपर्नेमा प्रदेश प्रमुखले त्यसको आह्वान नगरी प्रत्यक्ष रूपमा एमाले संसदीय दलका नेतालाई मुख्यमन्त्री नियुक्त गरेकी छन् ।

रिटमा भनिएको छ, “संविधानको धारा १६८(२) जीवित हुँदाहुँदै उपधारा (३) को प्रयोग हुनु संविधान, प्रक्रिया र विधिको शासनविपरीत छ ।”

सात राजनीतिक दल—कांग्रेस, जसपा, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी—ले संयुक्त रूपमा प्रदेश प्रमुखलाई धारा १६८(२) अनुसार सरकार गठनको आह्वान गर्न माग गरेका थिए । तर सो माग अस्वीकार गर्दै एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको भन्दै रिट निवेदकहरूले उक्त कार्य असंवैधानिक भएको दाबी गरेका छन् ।

रिटमा “प्रदेश प्रमुखद्वारा गरिएको मुख्यमन्त्री नियुक्ति बदर गरी असंवैधानिक र अमान्य घोषणा गर्न” र “संविधानको मर्मअनुसार पुनः सरकार गठनका लागि आह्वान गर्न” न्यायालयलाई माग गरिएको छ ।

यसैबीच, सात दलले ७४ जना सांसदको हस्ताक्षर संकलन गरी उक्त नियुक्तिविरुद्ध संयुक्त कदम चाल्ने तयारी गरेका छन् । सर्वोच्च अदालतको मंगलबार हुने सुनुवाइले मधेश प्रदेशको राजनीतिक परिस्थितिमा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजको होटलबाट लागूऔषधसहित दुई जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले वीरगंज महानगरपालिका–१६ स्थित एक होटलबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा आइतबार...

रोट्र्याक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसद्वारा दलित प्राविलाई ७ थान पंखा सहयोग

वीरगंज । रोट्र्याक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसले सामाजिक उत्तरदायित्वअन्तर्गत पर्साको श्री दलित प्राथमिक विद्यालय, महुवनलाई ७ थान पंखा सहयोग गरेको छ । विद्यालयमा गर्मीको समस्या...

लिटिल बडी प्रि स्कुलमा मेहन्दी प्रतियोगिता सम्पन्न, आकांक्षा बान्या प्रथम

वीरगंज । साउन महिनाको अवसरमा वीरगंज महानगरपालिका–८, पानीटंकीस्थित लिटिल बडी प्रि स्कुलले अभिभावकहरूबीच मेहन्दी प्रतियोगिता आयोजना गरेको छ। विद्यालय परिसरमा सम्पन्न प्रतियोगितामा अभिभावकहरूको उत्साहजनक...