Date
आइत, कार्तिक १५, २०८३
Sun, November 1, 2026

लहावरथकरीमा महिला साइकल रेस र पुरुष म्याराथन प्रतियोगिता हुने

spot_img
spot_img

पर्सा । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म लहावरथकरीको आयोजनामा आउँदो शनिबार महिला साइकल रेस र पुरुष म्याराथन प्रतियोगिता सञ्चालन हुने भएको छ ।

शशस्त्र प्रहरी र स्थानीय समुदायबीच सौहार्दपूर्ण सम्बन्ध कायम गर्न र सीमाक्षेत्रमा सामुदायिक सहकार्य बढाउने उद्देश्यले हरेक महिनामा यस्ता कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ । यो निर्णय बिहिबार बसेको सीमा सुरक्षा समितिको बैठकले गरेको हो ।

बैठकमा पकहामैनपुर गाउँपालिका–४ का वडाध्यक्ष तथा सीमा सुरक्षा समितिका संयोजक ढेडी यादवको अध्यक्षतामा छलफल भएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म लहावरथकरीका डिएसपी लोकनाथ उप्रेतीले प्रत्येक महिनामा स्थानीय सहभागिता हुने यस्ता मैत्रीपूर्ण कार्यक्रम सञ्चालन गरेर सीमाक्षेत्रमा आपसी विश्वास र सहकार्य सुदृढ बनाइने बताए ।

प्रतियोगितामा सशस्त्र प्रहरी लहावरथकरी मातहतका कालिकामाई, पकहाँ मैनपुर र छिपहरमाई गाउँपालिकाअन्तर्गतका ४ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरू सहभागी हुनेछन् । सहभागी विद्यालयहरूमा —कालिकामाई गाउँपालिका–२ को श्री स्काई साह माध्यमिक विद्यालय, भेडिहारी, श्री दिव्य कन्या माध्यमिक विद्यालय, बिरञ्जीवर्वा, पकहाँ मैनपुर गाउँपालिकाको श्री रामचरित्र भगत माध्यमिक विद्यालय, पकहामैनपुर, र छिपहरमाई गाउँपालिकाको श्री ब्रह्मस्थान नेपाल राष्ट्रिय प्राथमिक विद्यालय रहेका छन् ।

यी विद्यालयका ९ जना छात्राहरू साइक्ल प्रतियोगितामा र १५ जना छात्रहरू म्याराथन प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता शनिबार बिहान ७ बजे श्री ब्रह्मस्थान नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको प्राङ्गणमा सुरु हुने बताइएको छ ।

बैठकमा शशस्त्र प्रहरीका अधिकारीहरू, जनप्रतिनिधि, शिक्षक, पत्रकार, समाजसेवी, जेष्ठ नागरिक तथा स्थानीय अगुवाहरूको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
छठु साह
छठु साह
माे न‌‌. ९८५५०३५४५७

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...