Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

नारायणी अस्पतालमा वरिष्ठ चिकित्सक हुँदा–हुँदै जुनियरलाई निमित्त मेसुको जिम्मेवारी

spot_img
spot_img

वीरगंज । नारायणी अस्पताल वीरगंजमा वरिष्ठ चिकित्सकहरू हुँदा–हुँदै पनि जुनियर चिकित्सकलाई पुनः निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) को जिम्मेवारी दिइएको छ ।

अस्पतालमा कार्यरत ११औँ तहका चार जना वरिष्ठ चिकित्सकहरूको उपस्थितिमा १०औँ तहका युरो सर्जन डा. चितरन्जन साहलाई निमित्त मेसुको जिम्मेवारी दिइएको हो ।

अस्पतालका तत्कालीन मेसु डा. चुमनलाल दासको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएपछि डा. साहले पुनः सो जिम्मेवारी सम्हालेका हुन् । मन्त्रालयका प्रवक्ता डा. समिर बुढाथोकीका अनुसार डा. साहलाई अनुभवका कारण तत्कालका लागि निमित्त मेसुको जिम्मेवारी दिइएको हो ।

“डा. साहले यसअघि पनि अस्पतालको नेतृत्व सम्हालिसकेका छन्, त्यसैले तत्कालका लागि उनीमाथि जिम्मेवारी दिइएको हो,” प्रवक्ता बुढाथोकीले जानकारी दिए ।

अस्पतालमा ११औँ तहका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सुरेन्द्र चौधरी, बालरोग विशेषज्ञ डा. शैलेश ठाकुर, यौन, छाला तथा कस्मेटिक रोग विशेषज्ञ डा. अतुलेश चौरसिया, र एनेस्थेसिया विशेषज्ञ डा. रामपुकार साह कार्यरत छन् । वरिष्ठ चिकित्सकहरू हुँदाहुँदै पनि पटक–पटक जुनियरलाई जिम्मेवारी दिइँदा कर्मचारीहरूबीच असन्तोष देखिएको स्रोतले जनाएको छ ।

आर्थिक तथा प्रशासनिक लेनदेनमा सहज पहुँच कायम राख्न केही समूहको स्वार्थअनुसार निर्णय गरिएको आरोप समेत कर्मचारी स्रोतले लगाएको छ ।

डा. चितरन्जन साहले यसअघि पनि दुई पटक निमित्त मेसुको जिम्मेवारी सम्हालेका थिए । पहिलो पटक २०७३ भदौ २९ देखि २०७४ असोज २८ सम्म, दोस्रो पटक २०७९ पुस ६ देखि २०८१ जेठ १३ सम्म र अहिले तेस्रोपटक कात्तिक १८ गतेदेखि उनले पुनः सो जिम्मेवारी सम्हालेका हुन् ।

अस्पतालभित्रको नेतृत्व व्यवस्थापनमा पटक–पटक हुने विवाद र असन्तुष्टिले संस्थागत कामकारबाहीमा असर पर्ने गरेको सरोकारवालाहरूको टिप्पणी छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जिराभवानीका तीन विद्यालयले समावेशी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

पर्सा आउँदै एमाले महासचिव पोखरेल, क्षेत्र नं. ३ को शुभकामना कार्यक्रममा सम्बोधन गर्ने

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा...

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...