Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

पर्सामा मतदाता नामावली दर्तामा उत्साहजनक सहभागिता, दैनिक ४ सयसम्म दर्ता

spot_img
spot_img

वीरगंज । पर्सामा मतदाता नामावलीमा नाम दर्ता गराउनेहरूकाे उत्साहजनक सहभागिता देखिएको छ । जिल्ला निर्वाचन कार्यालय, वीरगंजमा दैनिक औसत ३ सय ५० देखि ४ सय जनासम्मले नाम दर्ता गराइरहेका छन् ।

निर्वाचन आयोगले जेन-जी समूहलाई लक्षित गर्दै असोज १० गतेदेखि अध्यादेशमार्फत मतदाता नामावली सङ्कलन सुरु गरेपछि युवाहरूको सहभागिता उल्लेखनीय रूपमा बढेको कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी अरुण कुमार ठाकुरका अनुसार असोज १० गतेदेखि कात्तिक २० गतेसम्म कुल ४ हजार ७ सय ३३ जनाले नाम दर्ता गराएका छन् । जसमा १ हजार ८ सय ४५ महिला र २ हजार ८ सय ८८ पुरुष रहेका छन् । ठाकुरका अनुसार जेन-जी आन्दोलनपछि युवाहरूमा मतदाता नामावली दर्ताप्रति ठूलो उत्साह देखिएको छ ।

जिल्ला निर्वाचन कार्यालयकी प्रमुख अनामिका रौनियारले आयोगको निर्देशनअनुसार मतदाता नामावली सङ्कलन, नयाँ दल दर्ताको सनाखत र निर्वाचन सामग्री व्यवस्थापन कार्य एकसाथ भइरहेको बताइन् । उनका अनुसार “फागुन २१ गते निर्वाचन घोषणा भएपछि आयोगका निर्देशनका आधारमा जिल्ला स्तरबाट तयारीका काम भइरहेका छन् । कात्तिक ३० गतेसम्म नामावली सङ्कलन, दल सनाखत र सामग्री व्यवस्थापन जारी रहनेछ,” उनले भनिन् ।

उनका अनुसार आगामी निर्वाचनका लागि मतपेटिका र जनशक्तिको अवस्था आयोगलाई विवरणसहित पठाइएको छ भने सुरक्षा व्यवस्थाबारे छलफल हुन बाँकी रहेको छ ।

नाम दर्ता गराउन वीरगंज–३२ चोर्नीकी पुजा यादवले पहिलो पटक मतदान गर्ने अवसर पाउँदा खुशी लागेको बताइन् । “अब म आफैले मन पराएको उम्मेदवारलाई मतदान गर्न पाउने भएकी छु,” उनले भनिन् ।

जगरनाथपुर गाउँपालिका–३ का युवा लक्ष्मण लाल कानु पनि नाम दर्ता गराएर उत्साहित बनेका छन् । उनले उमेर पुगेका सबै युवाहरूलाई मतदाता नामावलीमा नाम दर्ता गर्न आग्रह गरे ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार असार मसान्तसम्म पर्सामा कुल ३ लाख ५७ हजार २३८ मतदाता थिए । जसमा २ लाख १ हजार ७६५ पुरुष, १ लाख ५५ हजार ४५८ महिला र १५ अन्य छन् । निधन भएकाहरूको नाम हटाउने कार्य पनि निरन्तर भइरहेको कार्यालयले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...