Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

पर्सामा मतदाता नामावली दर्तामा उत्साहजनक सहभागिता, दैनिक ४ सयसम्म दर्ता

spot_img
spot_img

वीरगंज । पर्सामा मतदाता नामावलीमा नाम दर्ता गराउनेहरूकाे उत्साहजनक सहभागिता देखिएको छ । जिल्ला निर्वाचन कार्यालय, वीरगंजमा दैनिक औसत ३ सय ५० देखि ४ सय जनासम्मले नाम दर्ता गराइरहेका छन् ।

निर्वाचन आयोगले जेन-जी समूहलाई लक्षित गर्दै असोज १० गतेदेखि अध्यादेशमार्फत मतदाता नामावली सङ्कलन सुरु गरेपछि युवाहरूको सहभागिता उल्लेखनीय रूपमा बढेको कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी अरुण कुमार ठाकुरका अनुसार असोज १० गतेदेखि कात्तिक २० गतेसम्म कुल ४ हजार ७ सय ३३ जनाले नाम दर्ता गराएका छन् । जसमा १ हजार ८ सय ४५ महिला र २ हजार ८ सय ८८ पुरुष रहेका छन् । ठाकुरका अनुसार जेन-जी आन्दोलनपछि युवाहरूमा मतदाता नामावली दर्ताप्रति ठूलो उत्साह देखिएको छ ।

जिल्ला निर्वाचन कार्यालयकी प्रमुख अनामिका रौनियारले आयोगको निर्देशनअनुसार मतदाता नामावली सङ्कलन, नयाँ दल दर्ताको सनाखत र निर्वाचन सामग्री व्यवस्थापन कार्य एकसाथ भइरहेको बताइन् । उनका अनुसार “फागुन २१ गते निर्वाचन घोषणा भएपछि आयोगका निर्देशनका आधारमा जिल्ला स्तरबाट तयारीका काम भइरहेका छन् । कात्तिक ३० गतेसम्म नामावली सङ्कलन, दल सनाखत र सामग्री व्यवस्थापन जारी रहनेछ,” उनले भनिन् ।

उनका अनुसार आगामी निर्वाचनका लागि मतपेटिका र जनशक्तिको अवस्था आयोगलाई विवरणसहित पठाइएको छ भने सुरक्षा व्यवस्थाबारे छलफल हुन बाँकी रहेको छ ।

नाम दर्ता गराउन वीरगंज–३२ चोर्नीकी पुजा यादवले पहिलो पटक मतदान गर्ने अवसर पाउँदा खुशी लागेको बताइन् । “अब म आफैले मन पराएको उम्मेदवारलाई मतदान गर्न पाउने भएकी छु,” उनले भनिन् ।

जगरनाथपुर गाउँपालिका–३ का युवा लक्ष्मण लाल कानु पनि नाम दर्ता गराएर उत्साहित बनेका छन् । उनले उमेर पुगेका सबै युवाहरूलाई मतदाता नामावलीमा नाम दर्ता गर्न आग्रह गरे ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार असार मसान्तसम्म पर्सामा कुल ३ लाख ५७ हजार २३८ मतदाता थिए । जसमा २ लाख १ हजार ७६५ पुरुष, १ लाख ५५ हजार ४५८ महिला र १५ अन्य छन् । निधन भएकाहरूको नाम हटाउने कार्य पनि निरन्तर भइरहेको कार्यालयले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...