Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

गौतम स्कुलमा “नेतृत्व विकासमार्फत परिवर्तनको प्रेरणा” विषयक तालिम सम्पन्न

spot_img
spot_img

वीरगंज । “नेतृत्व विकासमार्फत परिवर्तनको प्रेरणा: राम्रो विद्यालय संस्कृतितर्फको यात्रा” भन्ने मूल नाराका साथ गौतम माध्यमिक विद्यालयले शनिबार विद्यालय व्यवस्थापन टोली र कक्षा इन्चार्जहरूका लागि एक दिवसीय नेतृत्व विकास तालिम सम्पन्न गरेको छ।

उक्त तालिम Early Childhood Education Centre (ECEC) का प्रबन्ध निर्देशक पिताम्बर न्यौपाने र प्रोफेसनल ट्रेनर सुमिन महर्जनद्वारा सहजीकरण गरिएको थियो।

कार्यक्रमको प्रमुख उद्देश्य विद्यालयमा सकारात्मक कार्यसंस्कृति प्रवर्द्धन गर्ने, प्रभावकारी सञ्चार र आदर्श नेतृत्व विकास गर्ने रहेको थियो। तालिमका क्रममा सहभागीहरूलाई नेतृत्वका आधारभूत गुण, टोली व्यवस्थापनका सीप, विद्यार्थी–केन्द्रित वातावरण निर्माणका उपाय तथा सकारात्मक सोचका अभ्यासहरूबारे प्रशिक्षण दिइएको थियो।

सहभागीहरूले तालिमलाई प्रेरणादायी, ज्ञानवर्धक र व्यवहारिक रूपमा उपयोगी रहेको बताएका छन्। तालिमले विद्यालयमा कार्यरत शिक्षक तथा व्यवस्थापन टोलीबीच सहकार्य, आत्मविश्वास र सामूहिक नेतृत्व सुदृढ गर्ने विश्वास व्यक्त गरिएको छ।

विद्यालय परिवारले प्रशिक्षणका लागि मूल्यवान समय र प्रेरणादायी मार्गदर्शन प्रदान गरेका प्रशिक्षकद्वय पिताम्बर न्यौपाने र सुमिन महर्जनप्रति हार्दिक आभार व्यक्त गरेको छ। उक्त कार्यक्रममा विद्यालयका प्रिन्सिपल गणेश क्षेत्री लगायत शिक्षकहरूको उपस्थिति रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...