Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

लिटिल बडी प्रि-स्कुलमा बाल मनोविज्ञान तालिम र बचत कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । लिटिल बडी प्रि-स्कुल, वीरगंजले आफ्ना टोडलर र नर्सरी शिक्षकहरूका लागि “बालबालिकाको व्यवहार र सिकाइ प्रक्रिया बुझ्न सहयोग पुर्‍याउने” उद्देश्यसहित बाल मनोविज्ञान सम्बन्धी तालिम आयोजना गरेको छ।

तालिमकी प्रशिक्षक सुश्री पूजा सङगौला मरासिनीले प्रत्येक बालबालिकाको सिकाइ शैली फरक हुने बताउँदै शिक्षकहरूलाई माया, धैर्यता र बुझाइका साथ सिकाइ वातावरण सिर्जना गर्न आग्रह गरिन् । उनले कक्षाकोठामा सकारात्मक व्यवहार र सिकाइ सुदृढ गर्नका लागि विभिन्न व्यावहारिक विधिहरू पनि साझा गरिन्।

लिटिल बडी प्रि-स्कुलका प्रिन्सिपल विजय कुमार बलले प्रशिक्षक मरासिनीप्रति आभार व्यक्त गर्दै भने, “उहाँको प्रशिक्षणले हाम्रा शिक्षकहरूलाई बालबालिकाको दृष्टिकोणबाट सिकाइ बुझ्न र व्यवहार सुधार गर्न मद्दत पुर्‍याएको छ।”

कार्यक्रमको अन्त्यमा प्रशिक्षकलाई सम्मानपत्र प्रदान गरिएको थियो । शिक्षकहरूले तालिमबाट प्राप्त ज्ञानलाई दैनिक शिक्षण अभ्यासमा लागू गर्ने प्रतिबद्धता जनाएका थिए ।

यसैगरी, विद्यालयले शुक्रबार आफ्ना बालबालिकाले जम्मा गरेको बचत रकम पनि सार्वजनिक गरेको थियो । बालबालिकामा सानै उमेरदेखि नै रकम बचत गर्ने बानी विकास गर्न तीन महिना अघि विद्यालयले पी.जि., नर्सरी, एल.के.जी. र यु.के.जी.का विद्यार्थीहरूलाई खुत्रुके वितरण गरेको थियो।

कार्यक्रममा ती खुत्रुके फुटाइएपछि जम्मा भएको रकम ५ सयदेखि ९६ हजार ४५० रुपैया सम्म पुगेको विद्यालयले जनाएको छ । सबैभन्दा बढी बचत गर्ने बालबालिकाका अभिभावकलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने विद्यालयले अतिरिक्त एक हजार रुपैया थपेर अभिभावकलाई रकम हस्तान्तरण गरेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...