Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

कलैयामा प्रहरी कार्यालय नजिकबाटै सरकारी मोटरसाइकल चोरी, सुरक्षामाथि गम्भीर प्रश्न

spot_img
spot_img

कलैया । बारा जिल्लाको सदरमुकाम कलैया बजार क्षेत्रमा पछिल्ला दिनमा चोरीका घटनाहरू तीव्र रूपमा बढेका छन् । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय नजिकैबाटै सरकारी मोटरसाइकल चोरी भएको घटनाले स्थानीय सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।

कलैया उपमहानगरपालिका–१, पानिटंकी एरियास्थित ऐन सेल सेन्टर अफिस नजिक रहेको गल्लीमा गत भाद्र १२ गते राति करिब ९:३५ बजे सरकारी कार्यालयको नाममा दर्ता गरिएको मोटरसाइकल चोरी भएको हो ।

चोरी भएको सवारीसाधन ना. १ व ३५६५ नम्बरको ब्ल्याक डेकल रेड रङको बजाज पल्सर १५० टिडि हो, जुन कलैया उपमहानगरपालिकाको नाममा दर्ता गरिएको थियो । उक्त मोटरसाइकल रोजगार सेवा केन्द्रका शाखा प्रमुख विवेक गुप्ताको घर अगाडि पार्किङ गरी राखिएको अवस्थामा चोरी भएको बताइएको छ।

जिल्ला प्रशासन र प्रहरी कार्यालय नजिकैबाट सरकारी सम्पत्ति चोरी हुनु प्रहरीको गस्ती, सूचना संकलन र निगरानी प्रणाली कमजोर भएको स्पष्ट संकेत भएको स्थानीयवासीहरूको भनाइ छ।

उनहरूले लगातार बढ्दो चोरी घटनाले जनतामा असुरक्षा बढाएको र प्रहरीले तत्काल अपराधीलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग गरेका छन्।

जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धान सुरु गरेको जनाएको भए पनि, लामो समय बित्दा पनि कुनै ठोस सुराक फेला परेको छैन । सदरमुकाममै यस्ता आपराधिक गतिविधि बढ्दै जानुले प्रहरीको ‘नाकमुनि’ नै अपराधीहरूले चुनौती दिएको स्थिति सिर्जना भएको स्थानीयहरूले बताएका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जिराभवानीका तीन विद्यालयले समावेशी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

पर्सा आउँदै एमाले महासचिव पोखरेल, क्षेत्र नं. ३ को शुभकामना कार्यक्रममा सम्बोधन गर्ने

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा...

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...