Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

भूमि आयोग खारेज गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

spot_img
spot_img

काठमाडौँ । भूमि समस्या समाधान आयोग र त्यसका जिल्ला समिति खारेज गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले हालका लागि यथास्थितिमा राख्न आदेश दिएको छ।

न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले मंगलबार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै खारेजी निर्णयको कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको हो।

अदालतले विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ।

अदालतले आदेशमा भनेको छ, “निवेदनमा उठाइएको विषयवस्तुको गाम्भीर्यता, उचित कानुनी प्रक्रिया, प्राकृतिक न्यायको सिद्धान्त, हक र हिताधिकारीको आवाससम्बन्धी मौलिक हक, तथा भूमि सम्बन्धी ऐनका दफाहरू विचार गरी अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने विषयमा छलफल आवश्यक देखिएको छ।”

सर्वोच्चले बिहीबारका लागि दुवै पक्षलाई छलफलका लागि पेशी तोकेको छ। छलफल सकिँदासम्म खारेजी निर्णय यथास्थितिमा रहने सर्वोच्च अदालतले जनाएको छ।

यो आदेश हरिप्रसाद रिजालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत विपक्षी बनाएर दायर गरेको रिट निवेदनमाथि सुनुवाइपछि आएको हो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जगरनाथपुरको छोट्की पिडारीमा १० लाखको लागतमा छठघाट निर्माण सुरु

वीरगन्ज । पर्साको जगरनाथपुर गाउँपालिका–१, छोट्की पिडारीमा व्यवस्थित छठघाट निर्माण कार्य सुरु गरिएको छ। बुधबार गाउँपालिका अध्यक्ष श्रीकान्तप्रसाद यादवले हिन्दु धार्मिक परम्पराअनुसार पूजापाठ गरी छठघाट...

वीरगञ्ज भन्सारले असोजमा लक्ष्यभन्दा २६ करोड बढी राजस्व उठायो

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले गत असोज महिनामा निर्धारित लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। कार्यालयले असोजमा २६ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ...

अमेरिकाबाट कुरियरमार्फत आएको गाँजासहित दुई भारतीय नागरिक पक्राउ

वीरगञ्ज। अमेरिकाबाट कुरियरमार्फत कागजातको आवरणमा नेपाल भित्र्याइएको एक किलो ३३८ ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले...