Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

वीरगंज–६ मा प्रदेश सांसद शर्माको घरमा आगलागी, ठूलो क्षति हुनबाट जोगियो

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका–६ निवासी प्रदेश सांसद बिना देवी शर्माको घरमा आज साँझ आगलागी भएको छ।

छठ पर्व दिन सोमबार साँझ करिब ५:५० बजेको समयमा आगलागी भएको भन्ने जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बिर्ताबाट प्रहरी निरीक्षक बिक्रम सुबेदी को कमाण्डमा ३० जनाको प्रहरी टोली, वीरगंज महानगरपालिकाका दुईवटा दमकल र स्थानीय बासिन्दाहरूको सहयोगमा आगो निभाउने कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रहरी, दमकल र स्थानीयको सक्रियतामा करिब साँझ ६ बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो ।
आगलागीको कारण हालसम्म खुल्न बाँकी रहेको र कुनै मानवीय वा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ। क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको बताइएको छ।

यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिएका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

स्थानीयको विरोधपछि चार वर्षदेखि थुनिएको पानीको निकास खुलाइयो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १७, २५ र २६ अन्तर्गतका अठराहा, सुगौली, बहुअरी, अलौललगायत क्षेत्रको चार वर्षदेखि अवरुद्ध पानी निकास खुलाइएको छ। स्थानीयवासीले विरोध...

मुआब्जा नपाएको भन्दै श्रीसियाका स्थानीयले बुझाए ज्ञापनपत्र

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ श्रीसियाका स्थानीयवासीले ड्राइपोर्ट निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा तथा त्यसमा रहेका भौतिक संरचनाको बाँकी मुआब्जा र क्षतिपूर्ति तत्काल उपलब्ध गराउन...

सिम्रौनगढबाट दुईथान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक पक्राउ

बारा । बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका अन्दाजी...