Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

दिपावली र छठमा पटका निषेध, राति ९ बजेपछि देउसी–भैलोमा रोक

spot_img
spot_img

वीरगंज । जिल्ला प्रशासन कार्यालय, पर्साले दिपावली, नेपाल सम्बत र छठ पर्वको अवसरमा पर्सा जिल्लावासीलाई शुभकामना व्यक्त गर्दै शान्ति–सुव्यवस्था कायम गर्नका लागि विशेष अनुरोध जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीद्वारा जारी उक्त सूचना अनुसार जिल्ला सुरक्षा समितिको मिति २०८२ असोज २ गतेको निर्णयका आधारमा नागरिकहरूले पर्वलाई उल्लासमय, सभ्य र सुरक्षित तरिकाले मनाउन आग्रह गरिएको छ।

प्रशासनले जारी गरेको अनुरोधपत्रमा घर–घरमा पटका नपट्‌काउन, ओसारपसार वा बिक्री–व्यवसाय नगर्न र नगराउन भनिएको छ। पटका पड्काउँदा हुने ठूलो आवाजले स्वास्थ्यमा असर, समाजमा भय सिर्जना र आगलागीको जोखिम हुने भएकाले यस्तो कार्यमा संलग्न भएकालाई कानुनअनुसार कारवाही गरिने चेतावनी दिइएको छ।

त्यसैगरी, देउसी–भैलो राति ९:०० बजेसम्म मात्र खेल्न पाइने र सो समयपछि खेलिने देउसी–भैलो गतिविधि रोक लगाइने उल्लेख गरिएको छ।

प्रशासनले जुवातास नगर्न र नगर्न दिन आग्रह गर्दै, यसले परिवारमा आर्थिक संकट, झगडा र मनोमालिन्य उत्पन्न गराउने बताएको छ।

छठ पर्वमा नदी, ताल, तलाउमा हुने पूजापाठ बाहेक अन्य मेला–पर्व राति १० बजेसम्ममा सम्पन्न गर्नुपर्ने, मादक पदार्थ सेवन नगर्न, र स्वास्थ्यलाई ध्यानमा राखी चिल्लो, गुलियो तथा माछामासु ठिक्क मात्रामा सेवन गर्न अनुरोध गरिएको छ।

साथै, सार्वजनिक बिदाको दिन अत्यावश्यक सेवाबाहेक सरकारी सवारी साधन नचलाउन पनि निर्देशन दिइएको छ।

पर्सा प्रशासनले जिल्लामा कुनै सुरक्षा समस्या परेमा नजिकको प्रहरी वा सशस्त्र प्रहरी इकाईमा सम्पर्क गर्न र आवश्यक परेमा नेपाल प्रहरीको कन्ट्रोल नम्बर १०० वा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी सुवेदीले सबै नागरिकले कानूनको पालना गर्दै चाडपर्वलाई शान्त, सुरक्षित र सौहार्दपूर्ण वातावरणमा मनाउन सहयोग गर्न अपिल गरेका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जिराभवानीका तीन विद्यालयले समावेशी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

पर्सा आउँदै एमाले महासचिव पोखरेल, क्षेत्र नं. ३ को शुभकामना कार्यक्रममा सम्बोधन गर्ने

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा...

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...