Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

वीरगंजमा झालरबत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एक युवाको मृत्यु

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका–१ बजार छपकैयामा दिपावलीका अवसरमा झालरबत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय लालु साह तेलीका १७ वर्षीय छोरा पीयूष साह रहेकाे वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईंले जानकारी दिनुभयो ।

धनतेरसको दिन शनिबार साँझ करिब ६ बजेतिर आफ्नै एकतले घरमा दिपावलीका लागि झालरबत्ती जडान गर्ने क्रममा पीयूषलाई बिजुलीको करेन्ट लागेको थियो । करेन्ट लागेपछि उनी अचेत भई लडेका थिए ।

स्थानीयवासीले तत्काल उनलाई उपचारका लागि नारायणी अस्पताल लगेका थिए, तर त्यहाँ उपचार सम्भव नभएपछि नेशनल मेडिकल कलेज लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरी निरीक्षक चौलागाईंले बताउनुभयो ।

दिपावली नजिकिँदै गर्दा झालरबत्ती तथा बिजुली उपकरण प्रयोग गर्दा सावधानी अपनाउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जिराभवानीका तीन विद्यालयले समावेशी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

पर्सा आउँदै एमाले महासचिव पोखरेल, क्षेत्र नं. ३ को शुभकामना कार्यक्रममा सम्बोधन गर्ने

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा...

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...