Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

मानव सेवामा समर्पित प्रहरी निरीक्षक बिक्रम साह सम्मानित

spot_img
spot_img

वीरगंज । ७०औं नेपाल प्रहरी दिवसका अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय, काठमाडौँद्वारा आयोजित विशेष समारोहमा प्रहरी निरीक्षक बिक्रम साहलाई सम्मान प्रदान गरिएको छ।

अमर प्रहरीका सन्तानहरूको शैक्षिक सशक्तीकरण तथा अपाङ्ग र अशक्त प्रहरी कर्मचारीहरूलाई सहयोग पुर्‍याउने कार्यमा उल्लेखनीय योगदानका लागि उनलाई सम्मानित गरिएको हो।

प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले प्रहरी दिवस समारोहका बीच निरीक्षक साहलाई प्रशंसा पत्रसहित सम्मान प्रदान गरे।

पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१४ निवासी साहले प्रहरी सेवासँगै सामाजिक उत्तरदायित्व र मानवीय सेवाका क्षेत्रमा पनि सक्रिय भूमिका निभाउँदै आएका छन्। विशेषगरी अमर प्रहरीका आश्रित परिवार, सेवा निवृत्त र अशक्त प्रहरीजनलाई सहयोग पुर्‍याउँदै उनले संगठनको सामाजिक समावेशिता र सेवामूलक भूमिका सशक्त बनाउन योगदान दिएका छन्।

नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार साहको योगदानले प्रहरी संगठनभित्र सकारात्मक ऊर्जा सञ्चार गर्नुका साथै समाजमा प्रहरीप्रतिको विश्वास र सम्मान अझ गहिरो बनेको छ।

प्रहरी निरीक्षक साहको यो सम्मानलाई वीरगञ्ज र पर्सा जिल्लावासीहरूले गर्वका रूपमा लिएका छन्। प्रहरी सेवासँगै मानव सेवामा समेत उनको समर्पण भावी पुस्ताका लागि प्रेरणादायी उदाहरण बन्ने विश्वास गरिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...

जितियामा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

बारा । बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वको अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। स्थानीय पोखरीमा नुहाउन पुगेका राजेश पटेलकी १५...