Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

७० औँ प्रहरी दिवसको अवसरमा उत्कर्ष नेपाल सम्मानित

spot_img
spot_img

वीरगंज । ७० औँ प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी मधेश प्रदेश कार्यालय, वीरगंजले सामाजिक संस्था उत्कर्ष नेपाललाई सम्मानपत्र प्रदान गरिएको छ। संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जय साहले संस्थाको तर्फबाट सम्मान ग्रहण गरेका हुन्।

उत्कर्ष नेपालले हालैको Gen-Z आन्दोलन का क्रममा क्षति पुगेका रानीघाट र गण्डक प्रहरी चौकीको पुनर्स्थापना तथा आवश्यक सहयोगमा महत्वपूर्ण योगदान पुर्‍याएको थियो। संस्थाले विगत वर्ष प्रथम राष्ट्रिय स्तरको मधेश साहित्य महोत्सव पनि आयोजना गर्दै क्षेत्रीय सांस्कृतिक उत्थानमा योगदान पुर्‍याएको थियो।

त्यसैगरी, उत्कर्ष नेपाल विभिन्न सामाजिक जनचेतना कार्यक्रम, विपद् व्यवस्थापन, सामुदायिक सहयोग र युवा सशक्तिकरणका कार्यक्रमहरूमा पनि सक्रिय रहेको छ। संस्थाको यो बहुआयामिक योगदानले समुदायमा सकारात्मक प्रभाव र विश्वास निर्माण गरेको छ।

प्रहरी दिवसको अवसमा वीरगंजमा आयोजित समारोहमा सहभागी नेपाल प्रहरी मधेस प्रदेश कार्यालय वीरगंजका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोईरालाले सम्मान पत्र संस्थाका कार्यकारी अधिकृत साहलाई प्रदान गरेका थिए ।

सो अवसरमा पर्साका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुबेदी, प्रहरी उपरीक्षक सुदिप राज पाठक लगायतको उपस्थिति रहेको थियो । यसै अवसरमा अन्य संस्था तथा अमर प्रहरी परिवारहरूलाई पनि सम्मान गरिएको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...

जितियामा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

बारा । बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वको अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। स्थानीय पोखरीमा नुहाउन पुगेका राजेश पटेलकी १५...