Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

७०औं प्रहरी दिवसमा सई गौरव कुमार दास “उत्कृष्ट प्रहरी कार्य पुरस्कार” बाट सम्मानित

spot_img
spot_img

वीरगंज । नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले ७०औं प्रहरी दिवस–२०८२ को अवसरमा इलाका प्रहरी कार्यालय गंगापिपरा, रौतहटका प्रहरी नायब निरीक्षक (सई) गौरव कुमार दास लाई “उत्कृष्ट प्रहरी कार्य पुरस्कार” प्रदान गरेको छ ।

राष्ट्र र नागरिक सेवामा समर्पित भई “सत्य सेवा सुरक्षणम्” को आदर्शबाट अभिप्रेरित रहँदै उनले प्रभावकारी प्रहरी सेवा, शान्ति–सुरक्षा कायम, उच्च अनुशासन, व्यावसायिक दक्षता र निरन्तर अठोट प्रदर्शन गरेको भन्दै नेपाल प्रहरीले उनलाई उक्त सम्मान प्रदान गरेको हो ।

प्रहरी दिवसको अवसरमा काठमाडौंमा आयोजित विशेष समारोहमा सई दासलाई पुरस्कारसहितको सम्मानपत्र प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले प्रदान गर्नुभएको हो ।
प्रहरी मुख्यालयले भविष्यमा पनि दासले राष्ट्रसेवामा अझ प्रेरणादायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...

जितियामा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

बारा । बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वको अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। स्थानीय पोखरीमा नुहाउन पुगेका राजेश पटेलकी १५...