Date
मङ्ल, भदौ २, २०८३
Tue, August 18, 2026

वीरगंजमा पहिलो कायस्थ सुपर सिक्स नॉकआउट क्रिकेट प्रतियोगिता हुने

spot_img
spot_img

वीरगंज । चित्रांश यूथ टिम वीरगंजको आयोजनामा तथा चित्रगुप्त समिति वीरगंजको प्रस्तुतिमा “पहिलो कायस्थ सुपर सिक्स नॉकआउट प्रतियोगिता–२०८२” आयोजना हुने भएको छ।

बिहिबार वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमका संयोजक प्रकाश कर्ण, मिहिर कर्ण, महेश दास र राजन श्रीवास्तवले प्रतियोगिता सम्बन्धी विस्तृत जानकारी दिएका हुन् । आयोजकका अनुसार प्रतियोगिता आगामी कार्तिक ७ गते बिहान ७ बजेदेखि वीरगंजको ज्ञानदा एकेडेमीको मैदानमा सुरु हुनेछ।

प्रतियोगिता सुपर सिक्स नॉकआउट प्रारूपमा खेलाइनेछ, जसअन्तर्गत १० टिम सहभागी हुनेछन् । प्रत्येक खेल ५ ओभरको हुनेछ र सम्पूर्ण प्रतियोगिता एकै दिनमा सम्पन्न गरिनेछ।

कार्यक्रममा वीरगंज महानगरपालिकाको सहयोग रहने आयोजकले जनाएका छन् । साथै, पत्रकार सम्मेलनपछि सहभागी टिमहरूका खेलाडीहरूको अक्सन (किनबेच प्रक्रिया) पनि सम्पन्न गरिने जानकारी दिइएको छ ।

आयोजक समितिका अनुसार यस प्रतियोगिताको उद्देश्य युवाबीच आपसी सहयोग, खेलप्रतिको रुचि र सामाजिक एकता अभिवृद्धि गर्नु रहेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

उच्च अदालत वीरगंजका मुख्य न्यायाधीश डाँगी सवार स्कारपियो दुर्घटना, हेलिकप्टरबाट काठमाडौं लगियो

वीरगंज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार स्कारपियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना हुँदा ६ जना घाइते भएका...

पत्रकार किशोर श्रेष्ठ सर्वोच्चको आदेशमा रिहा

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले श्रेष्ठलाई हाजिरी जमानीमा छाडेर वा तारिखमा राखेर अनुसन्धान अघि...

पर्सामा अवैध बालुवा उत्खननमा संलग्न १९ ट्याक्टर र ७ पाडोसहित एक जना पक्राउ

वीरगंज । पर्सामा अवैध रूपमा नदीजन्य बालुवा उत्खननमा संलग्न १९ वटा ट्याक्टरसहित १५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै भन्सार छली नेपाल...