Date
आइत, अशोज ४, २०८३
Sun, September 20, 2026

ठोरी चौथो गोल्डकपकाे जगरनाथपुर गाउँपालिका अध्यक्ष यादवद्वारा उद्घाटन

spot_img
spot_img

वीरगंज । स्वर्गीय रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित ठोरी चौथो गोल्डकप फुटबल प्रतियोगिताकाे जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले उद्घाटन गरेका छन् ।

प्रतियाेगिता उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष यादवले खेलकुदले युवाहरूमाझ एकता, अनुशासन र सहकार्यको भावना विकसित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले स्व. श्रेष्ठज्यूको खेलप्रेमी भावना र समुदायप्रतिको योगदानको उच्च सम्मान गर्दै, यस्ता प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको महत्व र विकासका सम्भावनालाई उजागर गर्ने उल्लेख गरे ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका अध्यक्ष यादवले सफल आयोजनाका लागि आयोजक समिति, खेलाडी, दर्शक तथा सुरक्षाकर्मी सबैप्रति आभार व्यक्त गर्दै निष्पक्ष खेल भावना सहित उत्कृष्ट प्रदर्शनका लागि सहभागी टोलीहरूलाई शुभकामना दिए ।

अन्त्यमा उनले भने, “खेलकुदले समाजलाई जोड्ने शक्ति बोकेको छ, त्यसैले यस्ता पहलहरू निरन्तर भइरहनु आवश्यक छ ।”

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

तेरापन्थ युवक परिषद्को रक्तदान अभियान, ६५ जनाले गरे रक्तदान

वीरगंज । बिरामीको उपचारमा आवश्यक पर्ने रगतको अभाव कम गर्ने तथा सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले तेरापन्थ युवक परिषद् वीरगंज–नेपालले आइतबार एकै दिन दुई...

आर्थिक कारोबारमा प्रश्न उठेपछि आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

सेढवा । पर्साको जिराभवानी गाउँपालिकास्थित आदर्श विद्युत उपभोक्ता समिति, सेढवाको साधारणसभा विवादका कारण स्थगित भएको छ । जिराभवानी मन्दिरको प्राङ्गणमा आइतबार आयोजित साधारणसभामा विगतको...

सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार...