Date
शुक्र, अशोज २, २०८३
Fri, September 18, 2026

धनुषामा प्रहरी निरीक्षक ओम प्रकाश यादव “महिनाको उत्कृष्ट प्रहरी” घोषित

spot_img
spot_img

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी निरीक्षक ओम प्रकाश यादवलाई २०८२ साल असोज महिनाको “Police of the Month” घोषित गरेको छ ।

प्रहरी निरीक्षक यादव हाल जिल्ला प्रहरी कार्यालय धनुषाको मातहत इलाका प्रहरी कार्यालय यदुकुहाका कार्यालय प्रमुखको रूपमा कार्यरत छन् । उनले आफ्नो कार्यक्षेत्रमा रहँदै विभिन्न मुद्दाका फरार १४ जना प्रतिवादीलाई पक्राउ गरी कानूनी कारबाही अघि बढाउने, हुण्डी कारोबारमा संलग्न भारतीय नागरिकलाई पक्राउ गर्ने र ठगी घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी पिडितलाई रकम फिर्ता गराउने जस्ता उत्कृष्ट कार्यहरू गरेका छन् ।

त्यसैगरी उनले रामपरी देवी बरही ठाकुर हत्या प्रकरणमा संलग्न अभियुक्तलाई पक्राउ गर्न, Gen-Z आन्दोलनका क्रममा प्रमुख मन्त्रीको निवास र सरकारी भवनहरूमा आगजनी हुन नदिने, लुटपाटमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्ने, साथै कारागारबाट फरार भएका कैदीलाई पुनः पक्राउ गर्ने कार्यमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

यस्तै, धार्मिक संवेदनशीलता देखिएको जनकपुर उपमहानगरपालिका–२० रुपैठा क्षेत्रमा गणेश र दुर्गा मूर्ति सेलाउने विषयमा उत्पन्न विवादलाई नियन्त्रणमा लिन, भीड तितर–बितर पार्न र थप अप्रिय घटना हुन नदिन समेत उनले प्रमुख भूमिका खेलेका थिए ।

प्रहरी उपरीक्षक नरहरी रेग्मीका अनुसार, निरीक्षक यादवले आफ्नो जिम्मेवारीलाई उच्च व्यवसायिक कुशलता र समर्पणका साथ निर्वाह गरी प्रहरी संगठनको छवि उच्च राख्न उल्लेखनीय योगदान दिएका छन् ।

उक्त कार्यको उच्च मूल्याङ्कन गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाले उनीलाई “महिनाको उत्कृष्ट प्रहरी (Police of the Month)” को रूपमा सम्मान गरिएको जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजको मुख्य सडक केबलरहित बनाइँदै, विद्युत् र टेलिकमसहितका संरचना भूमिगत गरिने

वीरगंज । विस्तारको क्रममा रहेको वीरगंजको मुख्य सडकलाई केबलरहित बनाउँदै विद्युत्, खानेपानी, टेलिकम तथा अन्य आवश्यक सेवाका संरचना भूमिगत गर्न पहल गरिने भएको छ...

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...