Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

जन्मदिनकै दिन वडाध्यक्ष परागले गरे एमाले परित्यागको घोषणा

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका–२० का वडाध्यक्ष रामकिशोर सिंह परागले जेन–जी पुस्ताको समर्थन जनाउँदै नेकपा एमाले परित्याग गरेका छन् । बुधबार उनले नेकपा एमालेको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् ।

गत असोज ६ गते वीरगंज महानगर उप–प्रमुख पदबाट राजीनामा दिएको घोषणा गरेका परागले अब जन्मदिनको अवसर पारेर एमालेको साधारण सदस्यताबाट पनि राजीनामा दिएका हुन् । उनले भने, “जेन–जी पुस्ताको सुशासन र परिवर्तनको चाहनामा म पूर्ण रूपमा सहमत छु, त्यसैले अब एमालेमा बसिरहन सक्दिन ।”

उनका अनुसार पार्टी नेतृत्वमा सुधारको कुनै संकेत नदेखिएकाले आफूले एमाले परित्याग गरेको हो ।

उता नेकपा एमाले पर्सा जिल्ला अध्यक्ष डा. विश्वम्भर शर्माले भने वीरगंज महानगर कमिटीका उपाध्यक्ष परागले औपचारिक रूपमा राजीनामा नदिएको जानकारी दिएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जिराभवानीका तीन विद्यालयले समावेशी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

पर्सा आउँदै एमाले महासचिव पोखरेल, क्षेत्र नं. ३ को शुभकामना कार्यक्रममा सम्बोधन गर्ने

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा...

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...