Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

प्रहरी निरीक्षक जटाशंकर यादवको नेतृत्वमा पुनः सफलता: खैरो हिरोईनसहित दुई पक्राउ

spot_img
spot_img

वीरगंज । इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशंकर यादवको नेतृत्वमा लागुऔषध नियन्त्रण अभियानले पुनः सफलता हासिल गरेको छ। केही दिनअघि मात्रै ठूलो परिमाणको गाँजा सहित दुई जनालाई नियन्त्रणमा लिन सफल टोलीले यसपटक ‘खैरो हिरोईन’ (ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गरेको हो।

प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय ढल्केबर र मातहत प्रहरी चौकी पोर्ताबाट सोमबार दिउसाे खटिएको प्रहरी टोलीले धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ पोतांता चौक नजिक चेकजाँचका क्रममा बा.प्र.०२–१–२०८७ नम्बरको मोटरसाइकल सवार दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार मोटरसाइकलमा पछाडि सवार जिल्ला सिराहा मिर्चैया नगरपालिका–७ का २४ वर्षीय निराजन यादव मोटरसाइकलबाट हाम फालेर झाडीमा केही वस्तु फालेर भाग्ने प्रयास गरेका थिए । पछि प्रहरीले सो झाडीबाट संकलन गर्दा ३७.०९ ग्राम तौलको ‘खैरो हिरोईन’ फेला परेको हो।

प्रहरीले निराजन यादवसँगै मोटरसाइकल चालक जिल्ला सप्तरी राजविराज नगरपालिका–९ का ३९ वर्षीय रोहन कुमार सिंहलाई पनि पक्राउ गरेको छ।

दुवै अभियुक्तलाई नियन्त्रणमा लिएर धनुषा जिल्ला अदालतबाट ८ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

यसअघि पनि प्रहरी निरीक्षक जटाशंकर यादवको नेतृत्वमा ढल्केवर प्रहरीले असोज १ गते गणेशमान चारनाथ नगरपालिका–४ बिरेन्द्रबजारमा लागुऔषध गाँजा ओसारपसारमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको थियो ।

उक्त समयमा टोलीले तयारी इट्टाको चाङबीच त्रिपालले छोपेर राखिएको १९ पोका करिब ४७५ किलो गाँजा बरामद गरेको थियो। प्रहरी निरीक्षक यादवको नेतृत्वमा लगातार भइरहेका कारबाहीले धनुषा क्षेत्रमा लागुऔषध नियन्त्रणमा प्रहरीको सक्रियता थप सशक्त बनेको देखिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जिराभवानीका तीन विद्यालयले समावेशी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

पर्सा आउँदै एमाले महासचिव पोखरेल, क्षेत्र नं. ३ को शुभकामना कार्यक्रममा सम्बोधन गर्ने

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा...

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...