Date
बुध, जेष्ठ २७, २०८३
Wed, June 10, 2026

बारा जिल्ला अदालतका न्यायाधीश ढकाल छानबिनका लागि न्याय परिषद् तानिए

spot_img
spot_img

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले बाराका जिल्ला न्यायाधीश भोला ढकाललाई न्याय परिषद्‌मा तानेका छन् । न्यायाधीश ढकालले सम्पत्ति शुद्धीकरणको मुद्दामा आदेश गर्दा कैफियत गरेको उजुरी परेपछि उनलाई परिषद्‌मा छानबिनका लागि काजमा बोलाइएको हो ।

मंगलबार अदालत खुलेलगत्तै प्रधानन्यायाधीश राउतले ढकाललाई बारमा कामकाज गर्न रोक लगाउने गरी छानबिनका लागि परिषद्‌मा तानेको परिषद् स्रोतले जनाएको छ ।

यसअघि बारा जिल्ला अदालत बार एसोसिएसनले ढकालको आदेशमा गम्भीर असहमति जनाउँदै उनको इजलास बहिष्कार गर्ने निर्णय गरेको थियो ।

के थियो विवाद ?

बारा जिल्ला अदालतका प्रमुख न्यायाधीश भोला ढकालले जेन–जी आन्दोलनलगत्तै अदालतमा नियमित सुनुवाइ नै नभएको अवस्थामा फरार व्यक्ति उपस्थित भएपछि धरौटीमा रिहा गर्न आदेश गरेपछि विवादमा आएका थिए ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मौकामा फरार रहेका भारतीय नागरिक अशोककुमार सिंहा र नेपालको समेत नागरिक रहेकी उनकी छोरी निवेदिका सिंहालाई धरौटी माग गरी थुनामुक्त गर्ने आदेश गरेका थिए ।

तर अदालतमा उपस्थित गराइएका व्यक्तिहरू अशोककुमार सिंहा र निवेदिका सिंहा नभई डमी व्यक्ति खडा गरिएको र उनीहरूको आधार कार्डहरू मात्रै हेरेर उनीहरूलाई धरौटीमा छाडिएको आरोप छ । साथै प्रतिवादीहरूसँग मोटो रकम लिएर धरौटीमा छाड्न आदेश दिएको आरोप लागेको थियो ।

कानुनमा एक वर्षभन्दा बढी कैद सजाय हुन सक्ने विदेशी नागरिकलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने व्यवस्था छ ।

बारले आफ्नो विज्ञप्तिमार्फत न्यायाधीश ढकालले कानुन विपरीतको आदेश गरेको कारण न्यायालयप्रतिकै आस्थामा गम्भीर संकट आइपरेकाले उनको इजलास नै बहिष्कार गर्ने बताएको थियो । सभार : इकान्तिपुर

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सगरमाथा एकेडेमीमा विद्यार्थी नेतृत्व चयनका लागि निर्वाचन

वीरगंज । वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा एकेडेमी बोर्डिङ स्कुलमा विद्यार्थीहरूमा नेतृत्व क्षमता विकास तथा लोकतान्त्रिक संस्कारको प्रवर्द्धन गर्ने उद्देश्यले हेड ब्वाय, हेड गर्ल, हाउस...

जगरनाथपुरकाे मसिहानीमा छठघाटकाे गाउँपालिका अध्यक्ष यादवद्वारा शिलान्यास

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. ५ मसिहानीस्थित छठघाट निर्माण कार्यको मंगलबार गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रममा बोल्दै...

अनलाइनमार्फत यौनजन्य गतिविधि सञ्चालन गर्ने १६ जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत ग्राहक खोजी गरी होटलहरूमा यौनजन्य अनैतिक गतिविधि (इलीगल इस्कर्ट) सञ्चालन गर्ने गिरोहमा संलग्न १६ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ...