Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

बेलवास्थित चिरान मिलाबाट पाँच थान सालको गोलिया बरामद, दुई जना पक्राउ

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर ३१ टोल बेलवामा रहेको एक चिरान मिल (स मिल)बाट पाँच थान सालको गोलिया बरामद भएकाे छ ।  सबडिभिजन वन कार्यालय सबैया र सशस्त्र बेस क्याम्प सोलकपुरको संयुक्त गस्ती टोलीले करिब १८ क्युफिट सालको गोलिया बरामद गरेको हो ।

सोही स मिलबाट दुईजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा वीरगंज–३१ टोल प्रसाैनीका क्यामोदिन मिया हजाम र वीरगंज–२८ का जयलाल ठाकुर रहेका छन् । दुवैलाई अनुसन्धानका लागि जिल्ला वन कार्यालयमा राखिएको सबडिभिजन वन कार्यालयका रेन्जर भूपाल रोकायले जानकारी दिए ।

उनका अनुसार काठ ल्याउने स्रोत र साधनको खोजी भइरहेको छ । सशस्त्र बेस क्याम्प सोलकपुरका सई लोकबहादुर कार्कीले विशेष सूचनाका आधारमा गस्ती टोली पुगेको र सो टोली पुग्नुअघि पिकअप भ्यानबाट काठ झारिएको प्रारम्भिक जानकारी प्राप्त भएको बताए ।

स्थानीयका अनुसार संयुक्त टोली पुग्नुअघि काठ ना १३ प १०४८ नम्बरको पिकअप भ्यानबाट साे काठ झारिएकाे थियाे । उक्त भ्यान केही वर्षअघि अवैध सालको गोलिया ओसारपसारको आरोपमा पक्राउ परेपछि धरौटीमा छुटेको समेत स्थानीयहरूले बताएका छन् ।

सम्बन्धित निकायहरूले काठ ओसारपसारमा संलग्न व्यक्तिहरू र पिकअप भ्यानबारे थप अनुसन्धान गरिरहेको जनाएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रेडक्रसको केन्द्रीय सदस्य बनेका सर्राफलाई वीरगंजमा सम्मान

वीरगंज । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनीत पर्साका विक्की कुमार सर्राफलाई नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाअन्तर्गत गठित रेडक्रस एक्सन टिम (RCAT)...

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...