Date
शनि, अशोज २४, २०८३
Sat, October 10, 2026

वीरगंजमा ८० जना युवा जनमत पार्टीमा प्रवेश, वडा ८ र १५ मा युवा दस्ता गठन

spot_img
spot_img

वीरगंज । जनमत युवा दस्ता पर्साद्वारा वीरगंजमा आयोजित कार्यक्रममा करिब ८० जना युवाहरू औपचारिक रूपमा जनमत पार्टीमा प्रवेश गरेका छन् । कार्यक्रममा वीरगंज ८ र १५ नम्बर वडामा बुथस्तरीय युवा दस्ता गठन गरिएको छ ।

जिल्ला युवा दस्ता अध्यक्ष मनोज साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गुलाम हवारी, अमन गुप्ता, आकाश कुमार कानू, बिकी सर्राफ, सागर कुमार ठाकुर, रोशन पाण्डे, रोहन ठाकुर लगायत प्रभावशाली युवाहरूको नेतृत्वमा पार्टी प्रवेश गरेकाे जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए ।

नवप्रवेशीहरुलाई कार्यकारिणी सदस्य तथा जिल्ला इन्चार्ज माधव सिंह, जिल्ला अध्यक्ष सर्राफ र युवा जनमत संघका जिल्ला अध्यक्ष उदय यादवले गम्छा–टीका लगाई स्वागत गरेका थिए । कार्यक्रममा उपाध्यक्ष धिरेन्द्र पन्जियार, कोषाध्यक्ष सिकेन्द्र राम, हिरालाल राम लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बाेधन गर्दै जिल्ला अध्यक्ष सर्राफले जनमत पार्टीको “नौलो गणतन्त्र”को एजेन्डा नै जेन्जी पुस्ताको मुख्य चाहना भएको बताए । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, दलिय सेन्डिकेटको अन्त्य, प्रतिस्पर्धामूलक संवैधानिक नियुक्ति र भ्रष्टाचार नियन्त्रण नै नौलो गणतन्त्रको आधार भएको उनले स्पष्ट पारे ।

उनले आम जनताको अवस्था परिवर्तन गर्न जनचेतनामा रूपान्तरण आवश्यक भएको उल्लेख गर्दै, निर्वाचन परिणाममा समेत बदलाव ल्याउनु जरुरी भएकोमा जोड दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

‘दशैं–तिहार भन्दै जनता अलपत्र पार्न पाइँदैन’ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भोटेकोशी बाढीपीडितसहित देशभरका बाढी तथा प्राकृतिक विपद्का पीडितलाई तत्काल राहत उपलब्ध गराउँदै पुनर्निर्माणको...

हत्या र जबरजस्ती करणी मुद्दामा जालिमका दुई छाेरा कारागार चलान

वीरगन्ज । नेकपा एमालेका नेता एवं जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका दुई छोरा कर्तव्य ज्यान तथा जबरजस्ती करणीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका...

चाडपर्वमा स्वच्छ र सुन्दर मौलापुर बनाउने अभियानमा जुटिन् मेयर रीना साह

रौतहट । दुर्गा पूजाको अवसर पारेर रौतहटको मौलापुर नगरपालिकामा नगर सरसफाइ अभियान सुरु गरिएको छ । नगर प्रमुख रीना कुमारी साहको आह्वानमा चाडपर्वको समयमा...