Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

जिराभवानीमा भएको नकआउट फुटबल प्रतियोगिताको उपाधि एभरेष्ट क्लब परसवाको पोल्टामा

spot_img
spot_img

सेढवा । जिराभवानी गाउँपालिकामा आयोजित गाउँपालिका स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि एभरेष्ट क्लब परसवाले जितेको छ।

सेढवाको खेलमैदानमा भएको फाइनल खेलमा एभरेष्ट क्लब परसवाले ब्रह्मबाबा युवा स्पोर्ट्स सहजानपुरलाई रोमाञ्चक टाई ब्रेकरमा पराजित गरेको हो।

बिजेता बनेको एभरेष्ट क्लब परसवालाई आयोजक प्रगतिशील युवा समाज सेढवाले नगद १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरियो भने उपविजेता सहजानपुरलाई नगद ५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिएको थियो।

निर्धारित समयमा दुबै टिमले गोल गर्न नसकेपछि खेल टाई ब्रेकरमा पुगेको थियो। सो खेलमा परसवाको जर्सी नं १७ का आदित्य चौधरी म्यान अफ द म्याच घोषित भए भने सहजानपुरका जर्सी नं ७ का राजेश माझी म्यान अफ द सिरिज बने।

गाउँपालिकाभित्रका १० वटा टिम सहभागी रहेका सो प्रतियोगितामा पालिकाभित्रका खेलाडी मात्र सहभागी हुने मापदण्ड तय गरिएको आयोजकले जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...