Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

पर्साका ग्रामीण भेगमा दशैं–तिहार नजिकिँदै जुवा–तासमा वृद्धि

spot_img
spot_img

सेढवा । बडा दशैं प्रारम्भ भइसकेको र तिहार तथा छठ पर्व नजिकिँदै जाँदा पर्साको ग्रामीण भेगमा तास–जुवामा संलग्न हुनेको संख्या उल्लेख्य रूपमा बढेको छ ।

ग्रामिण भेगकाे ठोरी, जिराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी गाउँपालिका र पर्सागढी नगरपालिकाका विभिन्न स्थानमा पछिल्लो समय जुवाको लत तीव्र बनेको स्थानीयहरूले बताएका छन्।

स्थानीयका अनुसार मुख्यतः युवाहरू तास–जुवामा संलग्न भए पनि अन्य उमेर समूहका मानिसहरू पनि उत्तिकै आकर्षित हुने गरेका छन् । जुवाडेहरूले गोप्य तथा सुरक्षित ठाउँमा रातभर खेल सञ्चालन गर्ने, होहल्ला र अपशब्द प्रयोग गर्ने भएकाले वरपरका बासिन्दाले असहज र असुरक्षित महसुस गरिरहेको गुनासो छ।

जुवामा ठूलो रकमको हारजित हुने भएकाले कतिपय परिवारमा कलह बढेको छ भने ऋणको बोझ सहन नसक्दा आत्महत्यासम्म गर्ने घटना सार्वजनिक भएका छन्।

यसैबीच, जुवा सञ्चालन गर्ने गिरोहलाई प्रहरी प्रशासनकै संरक्षण रहेको आरोप स्थानीय बुद्धिजीवीहरूले लगाएका छन्। स्रोतका अनुसार जुवाखेल सम्बन्धी गिरोहले साप्ताहिक रूपमा प्रहरीलाई नजराना बुझाउने गरेका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...