Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

संविधान दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ को अवसरमा शुक्रबार बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

उपमहानगरपालिकाको कार्यालय परिसरमा आयोजित कार्यक्रममा ५ महिलासहित ५४ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका सह–कोषाध्यक्ष अभिलाष गुप्ताका अनुसार मातृका पौडेल, सुरज पुन मगर, चूडामणि काफ्ले, ललित किशोर, हासमुद्दिन अन्सारी, सिद्धार्थ चौधरी, सपना बम्जन, साबित्रि सोंग, सुस्मा तामाङलगायतले रक्तदान गरेका हुन् ।

कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, उपप्रमुख भोला प्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाई लगायतकाे उपस्थिती रहेकाे थियाे ।

कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र वीरगञ्जका प्राविधिक जितेन्द्र कुश्वाहा र उनकी टोलीले प्राविधिक सहयोग पुर्‍याएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेकाले नेपालको जलवायु न्यायको मागलाई गम्भीर रुपमा...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय...

तिहार र छठका लागि माटाका भाँडा बनाउन कुम्हाललाई भ्याइनभ्याइ

पर्सा । तिहार तथा छठ पर्व नजिकिएसँगै माटाका दियो, पाला, घैँटा र अन्य पूजासामग्रीको माग बढेपछि पर्साका कुम्हाल समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याइ भएको...