Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

पर्साका एसपी गौतम मिश्र सरुवा, सुदीपराज पाठकलाई जिम्मेवारी

spot_img
spot_img

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रको सरुवा भएको छ । गृह मन्त्रालयको सिफारिसमा प्रहरी प्रधान कार्यालयले बुधवार ४८ जना एसपीको सरुवा गर्दा मिश्रलाई कैलाली धनगढीस्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखामा पठाएको हो ।

उनको स्थानमा काठमाडौँको टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान प्रहरी महाशाखामा कार्यरत प्रहरी उपरीक्षक सुदीपराज पाठकलाई पर्साको नयाँ एसपीको जिम्मेवारी दिइएको छ ।

गत माघ १४ गतेदेखि पर्सा प्रहरीको कमान्ड सम्हालेका एसपी मिश्रले छोटो समयमा नै अपराध नियन्त्रण, सामाजिक सद्भाव कायम र प्रहरी–जनता सम्बन्ध सुदृढ बनाउन उल्लेखनीय योगदान पुर्‍याएका थिए । उनको कार्यकालमा मधेस प्रदेशका ८ जिल्लामध्ये पर्सा प्रहरी उत्कृष्ट घोषित भएको थियो भने मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा देशभरमै सर्वोत्कृष्ट भई नेपाल सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट सम्मानित भएको थियो ।

नयाँ एसपी सुदीपराज पाठकको आगमनसँगै पर्सामा अपराध नियन्त्रण र जनमैत्री प्रहरी सेवा थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...