Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

पर्साका एसपी गौतम मिश्र सरुवा, सुदीपराज पाठकलाई जिम्मेवारी

spot_img
spot_img

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रको सरुवा भएको छ । गृह मन्त्रालयको सिफारिसमा प्रहरी प्रधान कार्यालयले बुधवार ४८ जना एसपीको सरुवा गर्दा मिश्रलाई कैलाली धनगढीस्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखामा पठाएको हो ।

उनको स्थानमा काठमाडौँको टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान प्रहरी महाशाखामा कार्यरत प्रहरी उपरीक्षक सुदीपराज पाठकलाई पर्साको नयाँ एसपीको जिम्मेवारी दिइएको छ ।

गत माघ १४ गतेदेखि पर्सा प्रहरीको कमान्ड सम्हालेका एसपी मिश्रले छोटो समयमा नै अपराध नियन्त्रण, सामाजिक सद्भाव कायम र प्रहरी–जनता सम्बन्ध सुदृढ बनाउन उल्लेखनीय योगदान पुर्‍याएका थिए । उनको कार्यकालमा मधेस प्रदेशका ८ जिल्लामध्ये पर्सा प्रहरी उत्कृष्ट घोषित भएको थियो भने मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा देशभरमै सर्वोत्कृष्ट भई नेपाल सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट सम्मानित भएको थियो ।

नयाँ एसपी सुदीपराज पाठकको आगमनसँगै पर्सामा अपराध नियन्त्रण र जनमैत्री प्रहरी सेवा थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...