Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

पर्सा जिल्ला अदालतको सेवा प्रवाह सुरु, नियमित पेशीको सुनुवाइ विजयादशमीपछि

spot_img
spot_img

वीरगंज । जेन जिकाे प्रदर्शनकाे क्रममा भएकाे ताेडफाेड र आगजनीकाे घटनापछि बन्द भएकाे पर्सा जिल्ला अदालतकाे सेवा प्रवाहा आइतबारदेखि सुचारु भएकाे छ ।

विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै सेवा प्रवाहबारे अदालतले जानरी गरेकाे नयाँ सूचना अनुसार अदालतकाे २०८२ भदौ २९ गतेको निर्णयअनुसार, अदालतमा उपस्थित हुन नसकेका पक्षहरूलाई म्याद तथा तारिख थाम्न ३० दिनको समय दिने व्यवस्था गरेको हो ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५९, मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा २२५ र सर्वोच्च अदालतको आदेशको आधारमा अदालतले यो व्यवस्था गरेको हो । कर्फ्यू तथा निषेधाज्ञा हटेसँगै आवतजावत सहज बनेपछि अदालतको कामकाज नियमित रूपमा सञ्चालनमा आएको अदालतले जनाएको छ ।

यस्तै, नियमित पेशीमा रहेका मुद्दाहरूको सुनुवाइ विजयादशमी बिदापछि मात्र सुचारु हुने जानकारी पनि अदालतका स्रेस्तादार प्रभाकर कुमार मल्लिकले दिएका छन् ।

जेन जि प्रदर्शनकाे क्रममा काठमाडाैंस्थित सर्वाेच अदालतमा भएकाे ताेडफाेड र आगजनीका कारण जिल्ला अदालतकाे काम समेत प्रभावित भएकाे हाे । आइतबारदेखि सर्वाेच अदालतकाे काम पनि आंशिक रुपमा सुचारु भएपनि सर्वाेच अदालतकाे वेभ साइड (अनलाइन) प्रणाली अझै पनि सुचारु हुन नसकेका कारण जिल्ला अदालतकाे कामहरु पनि पूर्ण रुपले सुचारु हुन नसकेकाे हाे ।

यस्ताे छ पर्सा जिल्ला अदालतकाे सूचना

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जगरनाथपुरको छोट्की पिडारीमा १० लाखको लागतमा छठघाट निर्माण सुरु

वीरगन्ज । पर्साको जगरनाथपुर गाउँपालिका–१, छोट्की पिडारीमा व्यवस्थित छठघाट निर्माण कार्य सुरु गरिएको छ। बुधबार गाउँपालिका अध्यक्ष श्रीकान्तप्रसाद यादवले हिन्दु धार्मिक परम्पराअनुसार पूजापाठ गरी छठघाट...

वीरगञ्ज भन्सारले असोजमा लक्ष्यभन्दा २६ करोड बढी राजस्व उठायो

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले गत असोज महिनामा निर्धारित लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। कार्यालयले असोजमा २६ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ...

अमेरिकाबाट कुरियरमार्फत आएको गाँजासहित दुई भारतीय नागरिक पक्राउ

वीरगञ्ज। अमेरिकाबाट कुरियरमार्फत कागजातको आवरणमा नेपाल भित्र्याइएको एक किलो ३३८ ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले...