Date
आइत, साउन १०, २०८३
Sun, July 26, 2026

पर्सा जिल्ला अदालतको सेवा प्रवाह सुरु, नियमित पेशीको सुनुवाइ विजयादशमीपछि

spot_img
spot_img

वीरगंज । जेन जिकाे प्रदर्शनकाे क्रममा भएकाे ताेडफाेड र आगजनीकाे घटनापछि बन्द भएकाे पर्सा जिल्ला अदालतकाे सेवा प्रवाहा आइतबारदेखि सुचारु भएकाे छ ।

विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै सेवा प्रवाहबारे अदालतले जानरी गरेकाे नयाँ सूचना अनुसार अदालतकाे २०८२ भदौ २९ गतेको निर्णयअनुसार, अदालतमा उपस्थित हुन नसकेका पक्षहरूलाई म्याद तथा तारिख थाम्न ३० दिनको समय दिने व्यवस्था गरेको हो ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५९, मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा २२५ र सर्वोच्च अदालतको आदेशको आधारमा अदालतले यो व्यवस्था गरेको हो । कर्फ्यू तथा निषेधाज्ञा हटेसँगै आवतजावत सहज बनेपछि अदालतको कामकाज नियमित रूपमा सञ्चालनमा आएको अदालतले जनाएको छ ।

यस्तै, नियमित पेशीमा रहेका मुद्दाहरूको सुनुवाइ विजयादशमी बिदापछि मात्र सुचारु हुने जानकारी पनि अदालतका स्रेस्तादार प्रभाकर कुमार मल्लिकले दिएका छन् ।

जेन जि प्रदर्शनकाे क्रममा काठमाडाैंस्थित सर्वाेच अदालतमा भएकाे ताेडफाेड र आगजनीका कारण जिल्ला अदालतकाे काम समेत प्रभावित भएकाे हाे । आइतबारदेखि सर्वाेच अदालतकाे काम पनि आंशिक रुपमा सुचारु भएपनि सर्वाेच अदालतकाे वेभ साइड (अनलाइन) प्रणाली अझै पनि सुचारु हुन नसकेका कारण जिल्ला अदालतकाे कामहरु पनि पूर्ण रुपले सुचारु हुन नसकेकाे हाे ।

यस्ताे छ पर्सा जिल्ला अदालतकाे सूचना

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

लिटिल बडी प्रि स्कुलमा मेहन्दी प्रतियोगिता, आकांक्षा बान्या प्रथम

वीरगंज । साउन महिनाको अवसरमा वीरगंज महानगरपालिका–८, पानीटंकीस्थित लिटिल बडी प्रि स्कुलले अभिभावकहरूबीच मेहन्दी प्रतियोगिता आयोजना गरेको छ। विद्यालय परिसरमा सम्पन्न प्रतियोगितामा अभिभावकहरूको उत्साहजनक...

नारायणी अस्पताल विवाद चर्कियो : चिकित्सकको आन्दोलनले स्वास्थ्य सेवा प्रभावित

वीरगंज । नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि भएको तोडफोड र चिकित्सकमाथिको आक्रमणको घटनाले नयाँ मोड लिएको छ । एकातर्फ...

गौतम माध्यमिक विद्यालयमा विद्यार्थी परिषद्ले पायो नयाँ नेतृत्व

वीरगंज । गौतम माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३ का लागि गठन गरिएको विद्यार्थी परिषद् (स्टुडेन्ट काउन्सिल) लाई औपचारिक रूपमा पद तथा जिम्मेवारी हस्तान्तरण गर्दै...