Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

spot_img
spot_img

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको छ । गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीसँगै गाउँपालिकाका कर्मचारीसमेत तलब नपाउँदा आर्थिक समस्यामा परेका छन् ।

तलब निकासा नभएपछि गाउँपालिकाअन्तर्गतका विभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले गाउँपालिकाका लेखा शाखा प्रमुख सुमन साहसमक्ष ज्ञापनपत्र बुझाउँदै रोकिएको तलब तत्काल निकासा गर्न माग गरेका छन् ।

प्राप्त जानकारीअनुसार गाउँपालिकाको खाता सञ्चालन तथा आर्थिक व्यवस्थापनसम्बन्धी विषयमा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच विवाद देखिएपछि गाउँपालिकाकाे खाता संचालनमा समस्या उत्पन्न भएको हो । स्राेतका अनुसार गाउँपालिका अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी नदिदा खाता संचालन नभएकाे र खाता संचालन नहुँदा तलब निकासा हुन नसकेकाे हाे ।

दसैँजस्तो प्रमुख चाडमा समेत नियमित पारिश्रमिक नपाउँदा शिक्षक, विद्यालयका कर्मचारी तथा गाउँपालिकाका कर्मचारी आर्थिक समस्यामा परेका छन् । चाडपर्वका बेला घरायसी खर्च व्यवस्थापन गर्नुपर्ने समयमा तलब रोकिएपछि उनीहरू थप समस्यामा परेको बताइएको छ ।

स्थानीय तहभित्रको प्रशासनिक तथा आर्थिक व्यवस्थापनसम्बन्धी विवादको असर कर्मचारीको पारिश्रमिकमा पर्न थालेपछि गाउँपालिकाको कार्यसम्पादन र जिम्मेवारीबारे प्रश्न उठ्न थालेको छ । पदाधिकारीबीचको विवादका कारण कर्मचारीले समयमै पारिश्रमिक नपाउनु दुःखद विषय भएको भन्दै रोकिएको तलब निकासाका लागि सम्बन्धित पक्षले तत्काल पहल गर्नुपर्ने आवश्यकता देखिएको छ ।

प्रधानाध्यापकहरूले ज्ञापनपत्र बुझाएपछि तलब निकासाको विषयले थप चर्चा पाएको छ । अब गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा सम्बन्धित आर्थिक शाखाले विवाद समाधान गरी शिक्षक तथा कर्मचारीको रोकिएको तलब निकासाका लागि कस्तो कदम चाल्छन् भन्ने चासो बढेको छ ।

यस विषयमा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको आधिकारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन । सम्बन्धित पदाधिकारीको धारणा प्राप्त भएपछि विवादको कारण, तलब निकासामा देखिएको अवरोध र समस्या समाधानका लागि भइरहेका प्रयासबारे थप स्पष्ट हुने अपेक्षा गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

चुनाव नजिकिँदै धोबीनीमा आश्वासनको बाढी, जनताको प्रश्न : विगतको हिसाब खोइ ?

चुनाव नजिकिँदै जाँदा धोबीनी गाउँपालिकाको भलो चाहने, विकास गर्ने र जनताको सेवामा समर्पित हुने भन्दै विभिन्न आश्वासन बाँड्नेहरूको भीड बढ्न थालेको छ । जनताको...