Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

जिराभवानी गाउँपालिकामा झाडापखाला–हैजा नियन्त्रणका लागि उपचार केन्द्र स्थापना

spot_img
spot_img

सेढवा । वीरगंज तथा पर्साका विभिन्न स्थानमा देखिएको झाडापखाला तथा हैजाको प्रकोपलाई ध्यानमा राख्दै जिराभवानी गाउँपालिकाले पूर्वतयारी थालेको छ ।

गाउँपालिकाको विपद व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले वडा नं ४ स्थित सुपौली स्वास्थ्य चौकीमा झाडापखाला तथा हैजा उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । स्वास्थ्य शाखा प्रमुख अजय चौधरीका अनुसार उपचारका लागि आवश्यक औषधि, जनशक्ति तथा अन्य आधारभूत सुविधाको व्यवस्था मिलाउने काम अघि बढाइएको छ ।

यसै क्रममा पालिकाभर कार्यरत स्वास्थ्यकर्मीलाई अति आवश्यक कार्यबाहेक बिदा नदिने, स्वास्थ्य स्वयंसेविकालाई परिचालन गर्ने र आम नागरिकलाई रोगसम्बन्धी जनचेतनामूलक प्रचार–प्रसार गर्ने कार्य पनि सुरु गरिएको जनाइएको छ ।

बैठकमा गाउँपालिका अध्यक्ष अनोज चौधरी, प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहा, वडाध्यक्ष रामशरण ख्वास, महादेव महतो थारु, स्वास्थ्यकर्मी, जनपद तथा शसस्त्र प्रहरी र सञ्चारकर्मीहरूको उपस्थिति थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...