Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

सशस्त्र प्रहरी पर्साले भन्सार छलीकाे करोडभन्दा बढी मूल्य बराबरका सामान भन्सार बुझायो

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरी बल, पर्साले सीमामा अबैध भन्सार छली गर्ने काम रोक्दै करोडभन्दा बढी मूल्य बराबरका सामान भन्सार कार्यालय पर्सामा बुझाएको छ। शनिबार र आइतबार खटिएको विभिन्न टोलीले पर्सा जिल्लाभित्र अबैध रूपमा नेपालतर्फ ल्याइँदै गरेको चकलेट, किराना, कपडा, पशुचौपाय तथा विभिन्न सामानहरू सहित सवारी साधनहरु नियन्त्रणमा लिएको हो।

वीरगंज महानगरपालिका–११ पावरहाउस चोकबाट भारतबाट अबैध रूपमा ल्याइँदै गरेको रु. ७ लाख ४४ हजार मूल्य बराबरको चकलेट र सो कार्यमा प्रयोग भएको टेम्पो तथा ई-लोडर रु. १३ लाख मूल्य बराबरकाे नियन्त्रणमा लिइ भन्सार कार्यालय बुझाइएको थियो । त्यस्तै रु. ३६ हजार ४४० बराबरको किराना सामान र मो.सा. रु. १ लाख मूल्य बराबरकाे नियन्त्रणमा लिइ कारबाहीका लागि बुझाइएको सशस्त्र प्रहरीले जनाएकाे छ ।

आइतबार नै सशस्त्र प्रहरी बलको अर्को टोलीले वीरगंज–१९ विन्दवासिनी चौकबाट अबैध रूपमा नेपालतर्फ ल्याइँदै गरेको  ३ लाख ७४ हजार २०५ मूल्य बराबरको कपडा, किराना सामान र माेटरसाइक एक लाख ५० हजार मूल्य बराबरको नियन्त्रणमा लिई भन्सारमा बुझाएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका सूचना अधिकारी डिएसपी सुरज कार्कीले जानकारी दिए ।

उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण, पर्साले सुवर्णपुर, भिखम्पुर, अमरपट्टी र पिडारीगुठि कार्यालयमार्फत रु. २ लाख ८३ हजार १२० बराबरको पशुचौपाय र विभिन्न सामानहरु भन्सारमा बुझाएको र लिलामी प्रक्रियामा रहेको जानकारी प्राप्त भएको छ । सूचना अधिकारी सुरज कार्कीका अनुसार, अवैध भन्सार नियन्त्रणका लागि निरन्तर कारबाही जारी रहने छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा अव्यवस्थित बजार हटाउन महानगरको अल्टिमेटम, २१ दिनभित्र छपकैयामा सर्न निर्देशन

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी सञ्चालन भइरहेका तरकारी तथा फलफूलका थोक बजार हटाउन व्यवसायीलाई २१ दिनको अल्टिमेटम दिएको छ ।...

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...